सक्किगोनी टेलिसिरियलबाट चर्चामा आएका गुल्मेली कलाकार प्रकाश बस्नेतको अभिनयमा मार्मिक गित (भिडियो)

0
1307

सन्तोष महतारा
गुल्मी, १२ असोज ÷ चर्चित हास्य टेलिसिरियल सक्किगोनीका गुल्मेली कलाकार प्रकाश बस्नेतको अभिनयमा मार्मिक संगित भिडियो सार्वजानिक भएको छ । गुल्मीको रेसुङ्गा नगरपालिका १० सिमिचौर जन्मघर भई कर्मभूमिको रुपमा काठमाडौंमा रहेका बस्नेतको अभिनयमा ‘माया बिना चल्दो रैछ जिन्दगी’ नामक मार्मिक संगित भिडियो सार्वजानिक भएको हो । गुल्मीका बस्नेत चर्चित हास्य टेलिसिरियल सक्किगोनीमा डाक्टरको रुपमा अभिनय गरेर चर्चा कमाएका कलाकार हुन् ।

रोबिन खड्काको शब्द र संगितमा सिर्जना भएको गितमा गायक बाबुल गिरी र गायीका संगीता थापाको स्वरले अझ सुगन्ध थपेको छ । ‘माया बिना चल्दो रैछ जीन्दगी’ नामबाट मार्मिक र प्रेमिक रहेको यस गितको भिडियोमा चर्चित कलाकार प्रकाश बस्नेतसँगै प्रमिला खनालको अभिनयले भिडियो थप वियोगान्त बनेको छ ।

संगित भिडियोमा सुबोल थापाको निर्देशन, माही सिंहको श्रृङ्गार, ज्ञानेन्द्रशर्मा हुमागाँईको छायांकन, बिनय कार्कीको एरेन्जर र नबिन निरौलाकोे सम्पादन रहेको छ । गितले समाजमा घटेका घटनाहरुलाई कलात्मक तथा सिर्जनात्मक तरिकाले बिशेष रुपमा उठाएको छ । सन्तान नहुदाँ दम्पतीको जीवनमा पर्ने विभिन्न मानसिक असर र यसले परिवारको जीवनमा पुराउने क्षतिलाई लयात्मक तरिकाले प्रस्तुत गरेपछि भिडियोसहितको यो संगित अहिले सबैले रुचाएका छन् ।

गुल्मेली कलाकार प्रकाश बस्नेत सानो समयमा हास्य टेलिसिरियलबाट चर्चामा आएका कलाकार हुन् । उनले थुप्रै संगित भिडियो र टेलिसिरियलमा अभिनय गर्दै आएका छन् । हास्य टेलिसिरियल सक्किगोनीमा डाक्टरको अभिनय गर्ने प्रकाशलाई डाक्टरको भूमिकामा सबैले मन पराएका कलाकार हुन् । हेर्नुहोस भिडियो

SHARE