टोपलाल अर्याल
गुल्मी, १२ असोज
रोजगारको लागि मलेसिया पुगेका रेसुंगा नगरपालिका ७ का ३६ बर्षीय कमल नेपाली सम्पर्क बिहिन भएका छन् । उनी भदौ २१ गतेदेखि परिवारको सम्पर्कमा नभएको श्रीमति माया नेपालीले बताइन् । कमल ०६८ सालदेखि मलेसियाको ज्ीच्द्य एच्इऋभ्क्क्क्ष्ल्न् क्म्ल् कम्पनीमा कार्यरत छन् । उनको भदौ २१ गतेसम्म परिवारसंग सम्पर्क भएको थियो । भदौ २३ गते साँझ कमलका साथीहरुले परिवारलाई फोन गरे । साथीहरुका अनुसार कमललाई मलेसिया प्रहरीले भदौ २२ गते पक्राउ गरेको छ । पक्राउ पर्नुको कारण साथीहरुले खुलाएनन् । परिवार झनै अनबिज्ञ छ । ‘परदेशको कुरा पक्राउ परे वा अरु केहि भयो अत्तोपत्तो छैन्,’मायाले रुदै भनिन,’मैले कहाँ गएर गुहार मागौ ।’ कमल पछिल्लो समय ०७६ माघमा मलेसिया गएका थिए । कमललाई खोजि गरिदिन आमा बाटुवा नेपाली र श्रीमति पत्रकारहरु खोज्दै तम्घास आएका छन् । मलेसियामा कमलसंगै धुर्कोट गाउँपालिका ६ का धनुष जिसी कोठामा बस्दै आएका थिए । अहिले परिवारले केहिलेकाँही मलेसियाका रहेका जिसीसंग सम्पर्क गर्ने गरेका छन् । चाडपर्व बेला परदेश पसेको आफन्त बेपक्ता भएपछि परिवार शोकमा डुवेको छ । ‘दशैमा सवैको परदेशी घर आउँदा छोराको अत्तोपत्तो छैन,’आमाले गहभरी आँसु बनाउँदै भनिन,‘पत्रकारहरुले न्याय दिनुहोस् । कमलको श्रीमति, एक छोरा एक छोरी रहेका छन् । श्रीमति मायाले १० औ बर्ष एउटै कम्पनीमा बिताएको कमलको बिषयमा कम्पनीले समते परिवारलाई कुनै जानकारी नदिएको गुनासो गरिन् ।