दुर्घटनामा आमाछोराको मृत्यु

0
221

असोज १२,२०७८ रुपन्देहीः रुपन्देहीमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु भएको छ।

सैनामैना नगरपालिका–५, बुद्धनगरमा मंगलबार बिहान साढे ५ बजे ट्रकले ठक्कर दिँदा आमा–छोराको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरिक्षक डिल्लीनारायण पाण्डेले बताए।

मृत्यु हुनेमा स्थानीय ४२ वर्षीया राधा भट्टराई र उनका १५ वर्षीय छोरा मेहश भट्टराई रहेका छन्।

ट्रकले ठक्कर दिएपछि घाइते भएका उनीहरुको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

उनीहरुलाई पश्चिमदेखि पूर्वतर्फ जाँदै गरेको ना ८ ख ४४११ नम्बरको भैंसी बोकेको ट्रकले ठक्कर दिएको थियो । ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेका छन्।

SHARE