गुल्मीमा पाँचौ जिल्ला सभा तथा वार्षिक प्रगती समिक्षा

0
296

गुल्मी, असोज ११ ।
गुल्मी : पाँचौ जिल्ला सभा तथा वार्षिक प्रगती समिक्षा सुरु भएको छ । कार्यक्रमको लुम्बिनी प्रदेश सभा सदस्य खड्क केसीले उद्घाटन गरे ।

आइतबार कालिगण्डकी करिडोर आयोजना कार्यलय पाल्पा, भु, तथा जलाधार व्यवस्थापन कार्यलय पाल्पा भेटेनरी कार्यलय पाल्पा, शहरी विकास तथा भवन कार्यलय पाल्पा, सडक डिभिजन कार्यलय पाल्पा,
सडक डिभिजन कार्यलय शिवपुर कपिलवस्तु, सामाजिक विकास डिभिजन कार्यलय पाल्पा, कृषि ज्ञान केन्द्र गुल्मी, खानेपानी तथा सरसफाई डिभिजन कार्यलय गूल्मी , घरेलु तथा साना उधोग कार्यलय गुल्मी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यलय गुल्मी र डिभिजन वन कार्यलय गुल्मीले आर्थिक बर्ष ०७७ ः ०७८ को बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेको जिल्ला समन्वय अधिकारी विजय कार्कीले जानकारी दिए ।

यस्तै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना एकाई गुल्मी, मदन भण्डारी राजर्माग योजना कार्यलय गुल्मी, राष्टिय पुर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यालय एकाई गुल्मी, शिक्षा विकास तथा समन्वय एकाई र सडक पुर्वाधार विकास कार्यालयले प्रगती विवरण प्रस्तुत गरेको उनले बताए ।

पहिलो दिन जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले सभा र समिक्षाको बिषयमा जानकारी दिएका थिए ।

कार्यालयको प्रगती प्रतिवेदनका बिषयमा प्रमुख जिल्ला अधिकारी, प्रदेश सभा सदस्य केसी र स्थानीय तहका प्रमुखरुले टिप्पणी गरेका थिए ।

सोमबार स्थानीय तहको प्रगती विवरण सार्वजनीक, जिल्ला समन्वय समितिको आयव्यय पेश, जिल्लाका साझा बिषयवस्तु पेश गनर्् र छलफल गरेर पास गर्ने कार्यक्रम रहेको छ ।

र्

SHARE