असोज११,२०७८गुल्मीः गुल्मीका १२ वटै स्थानीय तहका स्वास्थ्य कर्मीहरुलाई पोषण सम्बन्धि सात दिने तालिम दिन सुरु गरिएकोे छ ।
स्वास्थ्य कार्यालय गुल्मीको आयोजना र सु आहारको प्राबिधिक सहयोगमा १२ वटै स्थानीय तहका स्वास्थ्य कर्मीहरुलाई बृहत पोषण बिशेष कार्यक्रम सम्बन्धि सात दिने प्रशिक्षक , प्रशिक्षण तालिम सुरु गरिएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
तालिमको उद्घाटन गर्दै गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुन्यबिक्रम पौडेलले तालिममा सिकेको सीपलाई ब्यबहारमा प्रयोग गर्न आग्रह गरे ।
तालिममा सिकेको सीपलाई जब ब्यबहारमा प्रयोग गरिन्छ तब मात्र तालिमले सार्थकता पाउने पौडेलको दाबी छ ।
सात दिनको तालिममा पोषण सम्बन्धी बृहत बिषयबस्तुहरुको प्याकेजमा ज्ञान ,सीप तथा ब्यबस्थापकीय पक्षको क्षमतामा अभिबृद्धि गर्ने उद्येश्य रहेको छ ।
पोषणसम्बन्धी ब्यबहार सुधारका लागि परामर्श ,छलफलको बिधिबाट ज्ञान सीप र धारणमा सकारात्मक परिबर्तन गर्न प्रोत्साहन गर्ने र कुपोषण ब्यबस्थापनका लागि प्राबिधिक तथा परामर्श सम्बद्ध ज्ञान ,सीप र क्षमतामा बिकास गर्ने उद्येश्य रहेको एकीकृत ग्रामीण बिकास समाज गुल्मीका सु आहारा फिल्ड संयोजक राजेन्द्र बिकले जानकारी दिए ।
तालिम पश्चात स्तानीय तहहरुमा गएर काम गर्नका लागि सहज हुने र सिकेको स्पिलाई ब्यबहारमा लागु गर्ने तालिममा सहभागी स्वास्थ्यकर्मीहरुले बताएका छन् ।