कालीगण्डकीको वडा कार्यालय सहित सात स्थानमा तोडफोड, नगद र मोवाइल चोरी

0
1195

असोज ११,२०७८ गुल्मीः कालीगण्डकी गाउँपालिका वडा नम्वर १ हर्मिचौरको वडा कार्यालय तोडफोड भएको छ ।
गएराती अज्ञात समुहले तोडफोड गरेको बिहान जानकारी आएको वडा अध्यक्ष ठानीस्वर पाण्डेले जानकारी दिए । वडा कार्यालयका कम्प्युटर र ल्यापटप सुरक्षित रहेको पाण्डेले बताए ।
यस्तै रबिन्द्र पाण्डेको घरको कोठा तोडफोड गरी नगद २२हजार र मोवाइल चोरी भएको छ । रुक्मागत पाण्डेको घरको कोठाबाट पनि २० हजार नगद चोरी भएको स्थानीय गोपाल पाण्डेले बताए ।
यस्तै बिष्णु पाण्डेको पसल पनि तोडफोड भएको छ , स्थानीय डिल्लीराम पाण्डे, पुरुषोत्तम पाण्डेको घर पनि तोडफोड भएको वडा अध्यक्ष पाण्डेले बताए । यता सोही स्थानमा रहेको गणेश मन्दिरको दान पेटिका समेत चोरी भएको स्थानीय गोपाल पाण्डेले बताए ।
यता जिल्ला प्रहरी कार्यालय गुल्मीले घटना स्थलमा पुर्तिघाट र रिडीको टोली जाँदै गरेको जनाएको छ ।
घटनास्थलमा प्रहरीको टोली जाँदै गरेको र बिस्तृत विवरण आउन बाँकी रहेको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

SHARE