बसन्त श्रेष्ठ
असोज१०,२०७८ अर्घाखाँची :नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीले जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । संगठनको केन्द्रीय कार्यालय भएको अपाराधिक कार्यको कार्यको बिरोधमा संगठनले ज्ञापन पत्र बुझाएको हो ।
बिभिन्न कुण्ठा र जालझेडमा व्यस्त गिरोहले गत असोज ४ गते संगठनको केन्द्रीय कार्यालयमा नाराबाजी गर्दै संगठनको व्यानर, झण्डा च्यात्ने, तोडफोड गर्ने जस्त अमानीय गतिबिधी भएको भन्दै संगठनले प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
संगठनका जिल्ला अध्यक्ष शिला पोख्रेलले हस्ताक्षर गरेको ज्ञापन पत्रमा सरकारले अपराधिक कार्यगर्ने व्यक्तीहरुलाई तत्काल पक्राउ गर्नुको साटो प्रहरी प्रशासनले कृत्तिम बहाना बनाएर निजामती कर्मचारी संगठनका पदाधीकारीहरुलाई पक्राउ गरेको भन्दै घोर आपत्ती जनाएको हो ।
अपराधीक कार्य गर्ने व्यत्तिलाई हालसम्म प्रकाउ गरि कार्वाही नगर्नुले पनि अन्य षड्यन्त्रका गन्ध आएका छन्, ज्ञापन पत्रमा भनिएको छ । ज्ञापन पत्रमा संगठनको कार्यालयमा लागेको ताला खोली अपराधीलाई कार्वाही गर्न सरकारलाई माग गर्दै दशौं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत रुपमा निर्वाचित पदाधीकारीलाई निर्बिवाद काम गर्ने वातावरण मिलाउन समेत सरकारको ध्यानाकर्षण गराएको छ ।