गुल्मी, १० असौज ।
नेकपा माओवादी केन्द्रनिकट विध्यार्थीहरूको संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी यूनियन ९क्रान्तिकारी० लुम्बिनी प्रदेशको अध्यक्षमा गुल्मीका घनश्याम खरेल सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार दाङको घोराहीमा सम्पन्न प्रथम लुम्बिनी प्रदेश सम्मेलनले खरेलको अध्यक्षतामा ८७ सदस्यीय लुम्बिनी प्रदेश कमिटी सर्वसम्मतमा निर्वाचित गरेको हो । कमिटीको उपाध्यक्षमा भिमराज खरेल, रूपेन्द्र मल्ल, अम्बिका परियार र सम्झना घिमिरे निर्वाचित भएका छन्। त्यसैगरि प्रमुख सचिवमा राजेन्द्र विष्ट, सचिवमा दिलिप शर्मा, सागर पन्थ, सुदर्शन पुन र मदन जि।एम्। तथा कोषाध्यक्षमा प्रमोद थापा निर्वाचित भएका छन् । सुदुरपश्चिम र कर्णाली प्रदेशमा आन्तरिक विवाद भइरहेका बेला लुम्बिनी प्रदेशमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।
को हुन खरेल ?
अध्यक्ष खरेलको घर गुल्मीको चन्द्रकोट गाउँपालिका (१ दिब्रुङमा हो । उनी सानैदेखि विद्रोही र क्रान्तिकारी स्वभावका थिए । ०६५ मा तम्घासमा सम्पन्न अखिल क्रान्तिकारीको १५ औँ जिल्ला सम्मेलमा खरेल सचिवालय सदस्यको भुमिकामा स्थान पाए । त्यसपछि ०६७ र ०७२ सालमा सम्पन्न १६ र १७ औँ सम्मेलनबाट खरेल सर्वसम्मत रूपले अखिल क्रान्तिकारी गुल्मीको अध्यक्षमा निर्वाचित भए । यस अवधिमा गुल्मीका विभिन्न विध्यालय तथा क्याम्पसमा विध्यार्थी संगठन निर्माण गरेका थिए । त्यसपछि ०७२ असौजमा सम्पन्न अखिल क्रान्तिकारीको केन्द्रीय सम्मेलनबाट उनी सचिवालय सदस्यमा निर्वाचित भए । त्यसपछि तत्कालीन ५ नम्बर प्रदेशमा उनले संगठनको सह(संयोजक र गुल्मी र अर्घाखाँची कार्यक्षेत्र रहने गरि इन्चार्जको जिम्मेवारी प्राप्त गरे। अहिले अनेरास्ववियू ९क्रान्तिकारी० को गुल्मी र अर्घाखाँची दुवै जिल्लामा सम्मेलनमार्फत नयाँ नेतृत्व चयन भएको छ । यसरी उनी निरन्तर रूपमा विध्यार्थीहरूको हक हितमा काम गर्दै आएका छन् । अब लुम्बिनी प्रदेशमा अखिल क्रान्तिकारीको संगठन बलियो र चलायमान बनाउने खरेलले बताएका छन् ।