चन्द्रकोट गाउँपालिकाको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

0
890

असोज९,२०७८गुल्मीः गत आर्थिक बर्ष २०७७र०७८ को चन्द्रकोट गाउँपालिकाको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ।
चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण खत्रीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा चन्द्रकोट गाउँपालिका भित्रका सम्पूर्ण योजना तथा कार्यक्रमहरुको बार्षिक समिक्षा कार्यक्रमको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो।
कार्यक्रममा चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनीले क्षेत्रगत शिर्षक अन्तर्गत आर्थिक विकास तर्फ ७८.५६ प्रतिशत, सामाजिक विकास तर्फ ९०.६८ प्रतिशत, पुर्वाधार विकास तर्फ ९०.८१ प्रतिशत र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ ८८.६१ प्रतिशत गरी चालु तर्फ ८४.११ प्रतिशत र पुँजीगत तर्फ ९१.७२ प्रतिशत गरी कूल ८७.९१ प्रतिशतको बार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए ।
समिक्षा कार्यक्रममा समानीकरण अनुदान तर्फ ८५.९५ प्रतिशत, शशर्त अनुदान तर्फ ८६.९३ प्रतिशत, विशेष अनुदान तर्फ ७६.०४ प्रतिशत, राज्वश्वतर्फ ९८.९७ प्रतिशत खर्च भएको थियो ।

वडावडामा गएर योजना सम्झौता,१५ सैयाको अस्पताल निर्माणको कार्य भइरहेको,रुपाकोटमा स्वास्थ्य चौकी निर्माण ,बहुउद्येश्यीय सभाहल निर्माण, स्मार्ट कृषिबाट किसानहरु आत्म निर्भर बन्दै हेलिप्याड निर्माण संगै गाउँपालिकाले गरेका बिकास निर्माणका कार्यहरुको बारेमा सार्वजनिक सुनुवाई जस्ता कार्यहरु नमुना योग्य कामहरु भएको चर्चा समेत भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति सदस्य चेतन बस्नेत, गाउँपालिका उपाध्यक्ष राधिका अर्याल, नेकपा एमालेको तर्फबाट प्रेम नारायण पराजुली, नेकपा माओवादी केन्द्रको तर्फबाट चित्र बहादुर केसी, ६ नं वडा अध्यक्ष गोकर्णप्रसाद शर्माले आ(आफ्नो मन्तव्य राखेका थिए । गाउँपालिका अध्यक्ष द्रोण खत्रीले समिक्षा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति सदस्य चेतन बस्नेत, अतिथि गाउँपालिका उपाध्यक्ष राधिका अर्याल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गाउँसभा सदस्य,सामाजसेवी तथा बुद्धिजीवी, पत्रकार तथा गाउँपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनीले राखेका थिए भने कार्यक्रमको संचालन प्रशासन तथा योजना अधिकृत शिव ज्ञवालीले गरेको चन्द्रकोट गाउँपालिकाका रोजगार संयोजक यज्ञ न्यौपानेले जानकारी दिए।

SHARE