दिवाकर पोख्रेल
देउखुरी, अशौज ८ गते । दाङको गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबास नाका निवासी रामबहादुर खत्रीको खरले छाएको सानो घर छ । नेपाल भारत सिमाक्षेत्र नजिकै कोइलाबास नाकामा दुःख सुख बसेकै छन् खत्री दम्पती । उमेर भाका छोराछोरी भविष्य बनाउन भन्दै शहर पसे । तर खत्रीका दम्पती जन्मेहुर्केको ठाउँ छाड्न सकेनन् । खरको छानो भएको घर खत्रीको मात्रै हो । अन्यको पहिलो चरणमा वडाबाट सबै घर जस्तापाताले छाएका छन् । खत्रीको घरमा पहिलो पटक खरको छाना हटाएर जस्तापाताले छाइएको छ । फुसको छानो भएको घरमा बिजुली बाल्दा आगो लाग्छ कि भन्ने डर थियो, खत्रीले भन्नुभयो,—। आउँदै गरेको दशैँमा जस्तापाताले छाएर नयाँ घर बनाउने सोचमा छु । अब जस्तापाता आइहाल्यो । खरको छानो फालेर टिनको छानो हालेर घर बनाउँछु अनी झललल्ल पारेर बत्ती बाल्छु ।’
जस्तापाता पाएपछि खुसीव्यक्त गर्दै खत्रीले भन्नुभयो,—। ‘निर्वाचित भएर वडामा जनप्रतिनिधि आएपछि हाम्रो मुहार खुसि ल्याउनुभयो । पहिले मट्टितेलबाट टुकी बालिन्थ्यो अब विजुली बत्ती बाल्ने भइयो । अहिले फेरी खरको छाना हटाएर जस्तापाता छाउने भइयो । यस पटकको दशैँमा झिलिमिलि पो हुनेभयो । अब त हाम्रै गाउँ जस्ताले छाउने भएपछि धेरै खुसि लागेको छ ।’ पहिलो चरणको फुसको छानो हटाउने अभियान अन्तगर्त सातलाख बजेटबाट २५ घर परिवारलाई वितरण गरिएको जस्तापाता दोस्रो चरणमा गढवा गाउँपालिका वडा नम्बर ८ को वडाकार्यालयले कोइलाबास नाकाका पन्ध्र घरधुरीलाई प्रतिपरिवार २० जस्तापातका दरले जस्तापाता वितरण गरिएको छ । फुसको छानो हटाउने अभियान अन्तर्गत आर्थिक अवस्था कमजोर भई फुसका छानोमा बसिरहेका कोइलाबास नाकाका थप पन्ध्र घरपरिवारलाई जस्तापाता वितरण गरिएको हो ।
विपन्न वर्गका मानिसहरु बर्खा याममा हावापानी र हिउदमा घाम वाट जोगिन समेत नसकिरहेको वेलामा वडा कार्यालयले फुसको छानो हटाउने अभियान ल्याएर ठुलो राहत दिएको छ । आर्थिक अवस्था कमजोर भई जस्तापाताले छाएको घरमा वस्ने सपना पुरा भएपछि स्थानीयहरुले खुसि व्यक्त गरेका छन् । प्रतिपरिवार २० जस्तापाता वितरण गरिएको वताईएको छ । वडाले चारलाख ५० हजार बरावर मुल्यको जस्तापाता वितरण गरेको हो । गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सद्दाम सिद्दिकिले जानकारी निुभयो । चालु आर्थिक वर्षमा बाकी रहेका ४५ घरधुरीलाई जस्तापाता वितरण गर्ने तयारीमा रहेको बताउनुभयो । उहाँले वडाका सबै घरेको खरको छाना हटाउने योजना रहेको जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशसभा साँसद इन्द्रजित थारुले अब अन्य घरमा पनि जस्ता छाउने कार्यक्रम अगाडि बढेको बताउनुभयो । उहाँले खरका छाना हटाएर जस्तापाता छाउने काम भइरहेको बताउनुभयो । कोइलाबास नाकामा ४५ घरधुरीको संख्या अझै जस्तापाता उपयोगबाट बञ्चित छन् । आगामि वर्षभित्रमा कोइलाबास शतप्रतिशत खरका छाना हटाएर नाका जस्तापातामय हुने सांसद थारुले बताउनुभयो ।।