जन्मदिनमा शैक्षिक एवम् स्वास्थ्य सामग्री वितरण

0
354

असोज८,२०७८ गुल्मीः जन्मदिनको अवसरमा एकजना स्वास्थ्यकर्मीले विद्यार्थीहरुलाई शैक्षिक तथा स्वास्थ्य सामग्री वितरण गरेका छन् ।
सदरमुकाम तम्घास उदिनढुङ्गास्थित राम मेडिकल हलका संचालक एवम् गुल्मी अस्पतालका ल्याब टेक्निसियन नमराज मरासिनीले उपल्लो तम्घास माध्यमिक विद्यालयमा फरक क्षमता भएका विद्यार्थीहरुलाई विभिन्न समग्री वितरण गरेका हुन् ।
कुल २४ जना विद्यार्थीहरुलाई कापि, कलम, माक्स, फस्टेट बक्स, दिवा खाजा, सेनिटाइजर लगायतका शैक्षिक एवम् स्वास्थ्य सामग्री प्रदान गरेको मरासिनीले जानकारी दिए । जन्मदिनको अवसरमा फजुल खर्च कटाएर विद्यार्थीहरुलाई सहयोग गरेको मरासिनीको भनाई छ ।
आफुसँग बढी रकम भएर नभई समाजमा सकारात्मक परिवर्तन ल्याउनको लागि फरक क्षमता भएका बालबालिकाहरुलाई सहयोग गरेको उनले बताए । समग्री पाएपछि विद्यार्थीहरु खुसि भएका छन् भने विद्यालयले पनि सहयोग गर्ने मरासिनीलाई धन्यवाद दिएको छ ।

SHARE