जनप्रतिनिधिले गरेका कार्यहरुको बारेमा समिक्षा गर्नुपर्छ:समन्वय प्रमुख

0
451

असोज ७,२०७८गुल्मी :जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले जनप्रतिनिधिले गरेका कार्यहरुको बारेमा समिक्षा गर्नुपर्ने बताएका छ्न ।
मालिका गाउँपालिकालाइ पुर्ण सस्थागत प्रसुती गाउपालिका घोषण गर्दै उनले निर्वाचनको समयमा गरेका घोषण पत्रअनुसार काम भए नभएको बारेमा समिक्षा गर्नुपर्ने र पुरा नभएको कार्यहरुलाइ आफ्नो कार्यकालको समयमै पुरा गर्नु पर्ने बताए।
मालिका गाउपालिकाले स्वास्थ्य ,शिक्षा लगायत पुर्बाधारमा गरेका कार्यहरुको बारेमा उल्लेख्य प्रगती भएको पराजुलीले बताए। पराजुलीले स्वास्थ्यमा थप गुणस्तरीय सेवा प्रदान गर्न पनि गाउपालिकालाइ आग्रह गरे।
यता मालिका गाउपालिकाका अध्यक्ष रितबहादुर थापाले पहिले मालिका गाउँपालिकालाई हेर्ने दृष्टिकोणमा परिबर्तन भएको बताए। पहिले पिछडिएको गाउँपालिका भनेर हेर्ने गाउपालिका आज सुगम हुदै गएको बताए ।

SHARE