गुल्मी जिल्लामै प्रथम पुर्ण संस्थागत प्रसुती गाउँपालिका घोषण

0
869

तिलाचन पाण्डे
असोज ७ ,२०७८ गुल्मीःमालिका गाउँपालिका गुल्मी जिल्लामै पहिलो पुर्ण संस्थागत प्रसुती गाउँपालिका घोषण भएको छ ।
बिहीबार मालिका गाउँपालिकालाई जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले पुर्ण संस्थागत प्रसुती गाउँपालिका घोषण गरेका हुन् ।
पुर्ण संस्थागत प्रसुती गाउँपालिका घोषण गर्दै पराजुलीले अब घरमै महिलाहरु जोखिम मोलेर बच्चा जन्माउनु पर्ने अबस्थाको अन्त्य भएको पराजुलीले दाबी गरे । उनले पहिले महिलाहरु घरमै जोखिम मोलेर बच्चा जन्माउने गरेको स्मरण गर्द ैकतिपय महिलाहरु स्वास्थ्य संस्थामा जान नपाएर घरमै , बाटोमै आमा र बच्चा दुबैको ज्यान जाने गरेको र अब त्यी अबस्थाको अन्त्य भएको बताए ।
गाउँपालिकाका ८ वटै स्वास्थ्य संस्थाका बर्थिङ सेन्टरहरुबाट सुरक्षित रुपमा प्र्रसुती सेवा प्रदान हुँदै आएको स्वास्थ्य संस्थाका प्रमुख बसन्त राज भुसालले जानकारी दिए ।
आर्थिक बर्ष २०७७।०७८ मा गाउँपालिकाका बिभिन्न स्वास्थ्य संस्थाहरुमा २४३ जना महिलाहरु सुरक्षित रुपमा प्रसुती भएको भुसालले बताए । यस्तै यस आर्थिक बर्षमा २५ जना महिलाहरु स्वास्थ्य संस्थामा प्रसुती भएको जानकारी दिए ।
अहिले गर्भवती महिलाहरुलाई घरदेखी स्वास्थ्य संस्था सम्म र स्वास्थ्य संस्थादेखी घर सम्म निशुल्क एम्बुलेन्सको ब्यबस्था समेत रहेको छ । साथै महिलाहरुलाई स्वास्थ्य संस्थाबाट पाल्पा लगायत अन्य स्थानहरुमा रेफर गर्न परेमा गाउँपालिकाले निशुल्क एम्बुलेन्सको ब्यवस्था गरेको छ ।
वडा नम्बर ६ अर्जैबाट गर्भवती महिलाहरुको पहिचान गर्नका लागि घरमा हरियो झण्डा राखेर सुरु गरिएको थियो । सोही कार्यक्रमलाई प्रभाबकारी बनाउँदै सवै वडामा बिस्तार गर्दै लगिएको र आज आएर गाउँपालिकालाई नै पुर्ण संस्थागत प्रसुती गाउँपालिका घोणण गरिएको गाउँपालिकाका अध्यक्ष रितबहादुर थापाले बताए ।
कार्यक्रममा गाउँपालिकालाई पूर्ण संस्थागत प्रसुती गाउँपालिका घोषण गर्न सहयोग गर्ने महिला स्वंयसेबीका ,स्वास्थ्यकर्मी ,पत्रकार लगायत लाई सम्मान समेतगरिएको थियो ।

SHARE