इस्माका समूहमा आबद्ध महिलालाई बाख्रा उपहार

0
763

सन्तोष महतारा, गुल्मी ०६ असाेज : सामुदायिक विकासका लागि बाख्रा उद्यम परियोजना अन्तर्गत हेफर प्राेजेक्ट नेपालको सहयोगमा संचालन भएको कार्यक्रमले इस्मा गाउँपालिकामा बाख्रा उपहार दिएको छ ।

इस्मा गाउँपालिका नवप्रभात युवा संघले संचालन गरेको साेही कार्यक्रममा उपहार स्वरुप गत वर्ष हस्तान्तरण गरिएको बाख्राबाट उत्पादित बाख्राहरु अहिले अर्को समूहमा आबद्ध भएका महिलाहरुलाई उपहार स्वरुप दिएको प्राविधिक शशि भुसालले जानकारी दिए ।

इस्मा गाउँपालिकामा मूल समूहलाई बितरण गरेका बाख्रा मुल समुहबाट उत्पादनपछि फिर्ता गरी मदनपोखरी स्वाबलम्बन महिला समूहले एकता स्वाबलम्बन महिला समूह र नमुना स्वाबलम्बन महिला समूह लाई १४ वटा बाख्रा उपहार प्रदान गरेको थियो ।

उक्त उपहार प्रदान कर्याक्रममा हातेमालो उपभोक्ता समिती की अध्यक्ष हुमकला जिसी प्रमुख अतिथिको रुपमा रहेकी थिइन् । इस्मा गाउँपालिका ४ का वडा सदस्य भिमकान्त खनाल, परियोजना संयोजक प्रयास अधिकारी तथा प्राबिधिक संयोजक शशी भुसाल अतिथिको रुपमा रहेका थिए ।

SHARE