भुपु विद्यार्थीद्धारा विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान

0
699

हुमाकान्त पोखरेल
असोज५,२०७८गुल्मीः मदाने गाउँपालिका –३ सिर्सेनीस्थित खन्युखर्क निम्न माध्यमिक विद्यालयलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।
विद्यालयमा पढेका पूर्व विद्यार्थीहरुको समुह ‘खन्यूखर्क भुपु विद्यार्थी समुह’ ले सोमबार विद्यालयको लागि आवश्यक विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको हो । सर्जिकल मास्क ४० प्याकेट, पाँच सय एम्.एल्.का १० पिस सेनिटाइजर, तीनओटा डिजिटल थर्मोमिटर, एउटा अक्सिमिटर, ११ वटा फेससिल्ड तथा छ वटा साबुन प्रदान गरिएको समाजका संयोजक बिमल घर्तीले जानकारी दिए ।
समाजले विद्यालयको विकासको लागि सहयोग अभियान नै संचालन गरेको थियो । जसमा दुई लाख रकम संकलन भएको थियो । संकलित रकममध्येबाट ११ बजार बराबरका स्वास्थ्य सामग्री प्रदान गरेको घर्तीले जानकारी दिए ।
सामग्री ग्रहण गर्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण प्रसाद घिमिरे र प्रध्यानाध्यापक गोविन्द प्रसाद घिमिरेले सहयोग गर्ने विद्यार्थी समाजलाई धन्यवाद् दिए ।

SHARE