बौद्धिक अपांगता संघको भबन निर्माणमा आर्थिक अभाब

0
325

तिलाचन पाण्डे
असोज५,२०७८गुल्मीःगुल्मीमा बौद्धिक अपांगता भएका ब्यक्तिहरुलाई पठन पाठन गराउने उद्येश्यले बन्न लागेको भवन आर्थिक अभाबका करण आफै अपांग जस्तै भएको छ ।
२०६४ सालमा सात लाख रुपैयाँमा करिब साढे चार आना जग्गा खरिद गरी २०७१ सालबाट भबन निर्माण गर्न लागिएको थियो ।
गुल्मीको रेसुङगा नगरपालिका वडा नम्वर ९ मा रहेको बौद्धिक अपांगता अभिभाबकत्व संघले निर्माण गर्न लागेको भवन आर्थिक अभाबका कारण पूरा हुुन नसकेको संघका अध्यक्ष इश्वरीप्रसाद पौडेलले जानकारी दिए ।
तीन तला सहितको भवन बनाउने गरी आफूहरु लागेपनि रकम अभाब भएका कारण दूई तला मात्र बनाउन सकिएको संघका सचिब मेघलाल पाण्डेले बताए । दूई तला भबन मात्रै बनेपनि भबन भित्रका फर्निचर तथा अन्य कार्यहरु ब्यबस्थापन गर्न नसकिएको संघले जनाएको छ ।
२०७१ सालबाट हालसम्म शहरी बिकास कार्यालय पाल्पा ,शान्ति तथा पुनःनिर्माण मन्त्रालय, जिल्ला बिकास समिति,संसद बिकास कोष र रेसुङगा नगरपालिकाबाट विभिन्न चरणमा गरी ३९ लाख ९ हजार ३१५रुपियाँ प्राप्त भएको संघले जनाएको छ ।
उद्येश्य अनुसारको काम गर्नका लागि सबैको सहयोग आवश्यक रहेको संघले जनाएको छ ।
अक्षयकोष खडा गरी ब्याजबाट संचालन गर्ने तयारी
बौद्धिक अपाङगहरुलाई पठन पाठन गराउनका लागि अक्षयकोष खडा गरी त्यसको ब्याजबाट भएपनि संचालनको तयारी गरिएको संघले जनाएको छ ।
अहिले ५ लाख जतिको अक्षयकोष खडा गर्नका लागि दाताहरु खोज्ने क्रम जारी रहेको र त्यसैको ब्याजबाट भएपनि संचालन गर्ने तयारी गरिएको पौडेलले जानकारी दिए ।
यो संगै आफूहरुले पुनःस्थापना केन्द्र पनि संचान गर्ने गरी योजना बनाएको संघले जनाएको छ ।
कहिलेसम्म संचालनमा आउँछ त भन्ने प्रश्नमा पौडेलले जहिले रकमको जोहो हुन्छ त्यस लगत्तै संचालनमा आउने बताए ।
यता रेसुङगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले पुर्वाधारका लागि लुम्बिनी प्रदेशसंग समन्वय गरिएको बताए ।पुर्वाधार बाहेक अन्य सहयोगका लागि पनि नगरपालिकाले सक्दो सहयोग गर्ने बताए ।
उक्त भवनको निर्माण कार्य सकिए पछि बौदिक अपांगता भएका १५ जना र पुनःस्थापना केन्द्रमा १५ जना गरी कुल ३० जनाको क्षमता रहेको संघले जनाएको छ ।

SHARE