गुल्मीदरबारमा ५५ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि

0
220

असोज५,२०७८गुल्मीःगुल्मीदरबार गाउँपालिकाका बिभिन्न वडाहरुमा ५५ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको छ ।
प्रत्येक वडाका स्वास्थ्य संस्थाहरुबाट अभियानकै रुपमा एन्टिजेज परीक्षणको अभियान नै चलाइएको स्वास्थ्य शाखाका प्रमुख नारायणप्रसाद अर्यालले जानकारी दिए ।
संकिमितहरुको शिघ्र पहिचान गर्नका लागि एन्टिजेन नै प्रभाबकारी हुने अर्यालले बताए ।

संक्रमणको अबस्था कायम रहेसम्मका लागि एन्टिजेन परीक्षणको अभियानलाई निरन्तरता दिइने स्वास्थ्य शाखाले जनाएको छ ।
संक्रमणको अबस्था कायमै रहेकाले सजगता अपनाउन र स्वास्थ्य मापदण्डलाई पालना गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

SHARE