अक्सिजन अभियान गुल्मीको आय– ब्याय सार्वजानिक

0
326

असोज ४ ,०७८गुल्मीः नेपाल पत्रकार महासंघ गुल्मीले सञ्चालन गरेको अक्सिजन अभियानको आय–ब्याय सोमबार सार्वजानिक गरिएको छ ।

महासंघका उपाध्यक्ष रेशम कुँवरको संयोकत्वमा गठित लेखा समितिले पेश गरेको आर्थिक प्रतिवेदन सोमबार बसेको पत्रकार महासंघ तथा अभियान्तहरुको बैठकले अनुमोदन गरि सार्वाजानिक गरिएको हो । अनुमोदित प्रतिवेदन अनुसार यस अभियानभर संकलन भएको कुल रकम १ करोड , ४ लाख १९ हजार ९ सय ८५ रुपैयाँ रहेको छ । जस मध्ये कुल खर्च रकम ८८ लाख ९९ हजार १ सय ५० रुपैयाँ भएको छ ।

खर्च कटाई १५ लाख , १९ हजार ९ सय ३५ रुपैयाँ बचत हुन आएको छ । उक्त बचत रकम अझै पनि जिल्लामा कोभिड–१९ को संक्रमण कायमै रहेको र भविश्यमा पनि संक्रमण थपिन सक्ने भएकोले जिल्लाका नागरिकहरु कै उपचारका लागि पत्रकार महासंघ कै खातामा राख्ने निर्णय बैठकले गरेको छ ।

पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्याल, अक्सिजन अभियानका समन्वय समिति संयोजक जनार्दन घिमिरे , उपाध्यक्ष तथा लेखा संयोजक रेशम कुँवरद्धारा हस्ताक्षरित विज्ञप्तीमा ७ सय २ जनाले सहयोग गरेको , यस अभियानभर २४ जना अभियान्तहरु परिचालित भएको उल्लेख छ ।

२०७८ बैशाख २५ गते देखि सुरु गरिएको अभियान जेठ ६ गते बन्द गरिएको अभियानको हिसाव किताव समयमै सार्वाजानिक गर्न निकै प्रयत्न गरिएको , तर बोल रकम संकलन र विभिन्न माध्यामबाट प्राप्त रकम नेपाल पत्रकार महासंघको खातामा भए÷नभएको प्रमाणिकरण गर्न निकै समस्या भएकोले चार महिना पछि सोमबार सार्वाजानिक गरेका छौं ’– विज्ञप्तीमा भनिएको छ ।

त्यस्तै यो अभियानमा सहयोग गर्ने स्वेश तथा विदेशमा रहेका गुल्मेली नागरिक , संघ÷संस्था , माननिय ज्युहरु, राजनैतिक दलका नेता , स्थानीय तह , जिल्ला प्रशासन कार्यालय , गुल्मी अस्पताल , स्वास्थ्य कार्यालय र अक्सिजन प्लाण्ट अभियानका सम्पुर्ण अभियान्तहरु प्रति हार्दिक आभार प्रकट गर्दै आगमी दिनमा आई पर्ने हरेक विपद्मा पनि यहाँहरुको सहयोग र साथको अपेक्षा राख्दछौं विज्ञप्तीमा उल्लेख छ । ’

नेपाल पत्रकार महासंघका सचिव प्रेम सुनारका अनुसार अक्सिजन प्लाण्ट स्थापना कार्य अन्तिम चरणमा पुगेको छ । स्थापनाका लागि नेपाल सरकारबाट १ करोड विनियोजन भएको थियो भने ६० लाख रुपैयाँ अक्सिन अभियानबाट संकलित रकम नेपाल पत्रकार महासंघले गुल्मी अस्पताललाई हस्तान्तरण गरेको छ ।

यस अवधीभर पत्रकार महासंघले कुनै पनि अस्पताल तथा आईसोलेशनमा अक्सिजनको अभाव हुन दिएन् । त्यसका अलवा पनि पत्रकार महासंघमा भरि अक्सिजनहरु सिलेण्डरहरु स्टक राखिएको छ ।

SHARE