गुल्मीदरबारमा वडा वडाका स्वास्थ्य संस्थाबाट एन्टिजेन परीक्षणको अभियान

0
630

असोज४,२०७८गुल्मीः गुल्मीदरबार गाउँपालिकाले प्रत्येक वडाका स्वास्थ्य संस्थाहरुबाट एन्टिजेन परीक्षणको अभियान नै चलाएको छ ।
संक्रमितहरुको पहिचान गर्नका लागि सात वटै वडाका स्वास्थ्य संस्थाहरुबाट एन्टिजेन परीक्षणको अभियान नै चलाएको स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालले जानकारी दिए ।
गाउँपालिका भित्र रहेका संक्रमितहरुको शिघ्र पहिचान गर्न र संक्रमण फैलिन नदिनका लागि यस्तो अभियान चलाएको अर्यालको दाबी छ । गाउँमा अझै पनि रुघाखोकी लागेका बिरामीहरु र लक्षण देखिएका बिरामीहरुले पनि परीक्षण नगर्ने र संक्रमणको जोखीम झन बढदै जाने भएकाले त्यसको अन्त्य गर्नका लागि एन्टिजेन परीक्षण नै प्रभाबकारी हुने अर्यालले बताए ।
संक्रमण जारी रहेसम्म अभियानलाई पनि जारी नै राख्ने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका भित्र हालसम्म २८१ जनाको एन्टिजेज र ७६१ जनाको पिसीआर गरी कुल एक हजार ४२ जनाको परीक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ । जसमा ४७५ जनामा संक्रमण पुष्टि भएको थियो । गाउँपालिका भित्र अहिले सक्रिय संक्रमितको संख्या १८ जना रहेका छन् भने संक्रमण कारण ८ जनाको मृत्यु भइसकेको अर्यालले जानकारी दिए ।
गुल्मी जिल्लामा दोस्रो लहरको संक्रमणका कारण ९६ जनाको ज्यान गइसकेको छ भने जिल्लामा हाल सक्रिय संक्रमितको संख्या २९६ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

SHARE