धुर्कोट वस्तुमा माओवादी केन्द्रको नयाँ कमिटी गठन

0
270

०३ असौज गुल्मी : धुर्कोट गाउँपालिका वडा नम्बर ५ वस्तुमा नेकपा माओवादी केन्द्रको नयाँ कमिटी गठन गरिएको छ । शनिबार सम्पन्न भएको माओवादी केन्द्रको भेलाले झविन्द्र विश्वकर्माको अध्यक्षतामा २९ सदस्यिय वडा कमिटीको गठन गरेको हो ।
जसको उपाध्यक्षमा केशवराज भण्डारी, सचिवमा नारायण भण्डारी, सह–सचिव सुकविर नेपाली र कोषाध्यक्षमा ललिता सुनार रहेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि माओवादी केन्द्रका जिल्ला कार्यालय सदस्य एवम् धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले गाउँपालिकाले गरेका जनपक्षिय कामको बारेमा जानकारी गराएका थिए ।
त्यसका साथै उनले अहिले माओवादी केन्द्रप्रति जनलहर बढेकोले सबैलाई उर्जाका साथ काम गर्न आग्रह गरे । प्रमुख अतिथि पोखरेलले पार्टीका नीति, सिद्धान्त, जिल्ला तथा केन्द्रका पछिल्ला गतिविधि, विभिन्न महत्वपूर्ण निर्णय लगायतका बारेमा जानकारी गराएका थिए । कार्यक्रम नेकपा माओवादी केन्द्र वस्तुका निर्वतमान अध्यक्ष नन्दराम भण्डारीको अध्यक्षता तथा ऋषिराम पाण्डेको संचालनमा सम्पन्न भएको हो ।

SHARE