गुल्मीदरबार-७ चारपालामा बिश्वकर्मा बाबाको मन्दिर उद्घाटन

0
624

रामकृष्ण कडेल ,
२०७८ असोज ३ ,गुल्मी : गुल्मी जिल्लाको गुल्मीदरबार गाउपालिका वडा नम्बर- ७ चारपालामा बिश्वकर्मा बाबाको मन्दिर उद्घाटन गरिएको छ ।

खर्ज्याङ्ग चारपाला घुम्टि तम्घास सडक अन्तरगत गुल्मीदरबार गाउपालिकाको ऐतिहासिक एवम् पर्यटकिय स्थल चारपाला दरबारको नजिकै गैराटोलाको सडक छेउमा मन्दिर निर्माण सम्पन्न गरी उद्घाटन गरिएको हो ।

गुल्मीदरबार गाउपालिकाको रु २ लाख ५० हजार , वडा कार्यालयको रु ४० हजार आर्थिक सहयोग र स्थानीय चन्दादाता र श्रमदान गरी कुल ३ लाख २४ हजारमा मन्दिर निर्माण सम्पन्न गरिएको निर्माण समितिका अध्यक्ष एवम् कार्यक्रमका सभापति इन्द्र बहादुर सुनारले बताए।

विश्वकर्मा बाबाको पूजाको अवसर पारेर गुल्मीदरबार गाउपालिकाका कार्यवाहक अध्यक्ष एवम् कार्यक्रमकी प्रमुख अतिथि मिना भण्डारीले मन्दिर उद्घाटन गरेकि हुन । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले धार्मिक तथा पर्यटकीय स्थलहरुको संरक्षण तथा प्रचारप्रसारमा गाउपालिकाले जोड दिएको र हिन्दु धर्मावलम्बीको आस्था र विश्वासको धरोहर मानिने बिस्वकर्मा मन्दिर चारपालामा निर्माण भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनी गाउपालिकाको सहयोगमा कुनै कमी आउन नदिने प्रतिबद्द्ता समेत ब्यक्त गरिन ।
कार्यक्रम नौमती बाजा, स्थानिय कला सस्कृतिको प्रस्तुतीकरण , मन्दिरमा बिशेष पूजा आजा र सवारी साधनहरुको पुजा गरि उद्घाटन गरिएको हो ।

विश्वकर्मा बाबाको पूजा गर्नाले सवारी साधन राम्रोसँग चल्ने, फलिफाप हुने, सवारी साधनहरु दुर्घटनामा कमी आउने भन्ने बिश्वासका साथ मन्दिर निर्माण गरिएको अध्यक्ष सुनारले बताए ।

रु ८० हजार बराबरको बिश्वकर्मा बाबाको मुर्ति स्थानीय जित बहादुर नेपालिले र रु ९ हजार बराबरको गजुर जङ्ग बहादुर नेपालीले मन्दिरलाइ सहयोग गरेका छ्न । मन्दिर उद्घाटन कार्यक्रममा भलायचौरका हर्क बहादुर खत्रीले खत्री परीवारबाट रु १५ हजार , समाजसेवी धनेन्द्र कार्कीले रु ५ हजार ५ गरी बिभिन्न व्यक्तिहरुको सहयोगमा रु ५० हजार भन्दा बढि रकम संकलन भएको छ । निर्माण समितिका सदस्य प्रेम सुनारको स्वागत रहेको कार्यक्रममा गुल्मीदरबार गाउपालिका कार्यपालिका सदस्य इश्वरी परियार , वडा नम्बर -७ का कार्यवाहक अध्यक्ष शालिक टण्डन , विभिन्न समाजसेवी चन्दादाता लगायतको शुभकामना मन्तव्य रहेको थियो ।कार्यक्रमको सन्चालन गुल्मीदरबार गाउपालिका न्यायिक समितिका सदस्य हरि प्रसाद अर्यालले गरेका थिए ।

SHARE