असोज२,२०७८गुल्मीः नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश कमिटिका सदस्य बुद्धि जिशीले केपी ओली नेतृत्वको पार्टी भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन् ।
वाइसिएल नेपाल र अनेरास्ववियु क्रान्तीकारी को भेलालाई म्यापोखरीमा सम्बोधन गर्दै उनले ओली नेतृत्वको भ्रष्टाचारलाई वाइसएिल र पार्टीले भण्डाफोर गर्नुपर्नेमा जोड दिए ।
उनले पार्टीलाई अब गाउँगाउँ र बस्तीबस्तीबाट चलायमान बनाएर भ्रष्टाचारको बिरोधमा लाग्ने र भण्डाफोर गर्ने गरी लाग्न पार्टी कार्यकर्ता र भातृ संगठनहरुलाई निर्देशन दिए ।
भेलाले खिमबहादुर केसिको अध्यतामा ५१ सदस्यीय वाइ।सि।यल गाउँ कमिटी गठन गरेको छ। जसको उपाध्यक्षमा लालमणी भुषाल,समसेर कुवर,सुबास केसि रहेका छन्। त्यस्तै सचिव कपिल केसि ,सह सचिव कृष्ण सेन,र प्रकाश ,कोषाध्यक्षमा खिमा केसि रहेका छन् ।
भेलाले शिशिर भण्डारीको संयोज्त्वमा ४१ सदस्यीय अखिल क्रान्तिकारी मदाने गाउँ समिती गठन गरेको छ ।
नेकपा माओवादी केन्द्रका मदाने इन्चार्ज बेगम चन्द मनोजको विशेष आतिथ्यता ,वाइ।सि।एल नेपाल केन्द्रिय सदस्य नारायण चन्द,वाइ।सि।एल नेपाल जिल्ला समयोजक असोक श्रेष्ठ ,प्रेम कुवर ,भरत खनलको उपस्थित रहेको थियो।