नापी र मालपोतको राजश्व संकलन ग्लोवलको एक्सटेन्सन काउन्टर मार्फत

0
261

गुल्मी, १ असोज :ग्लोवल आइएमई बैकले मालपोतसंगै नापी कार्यालय गुल्मीबाट राजश्व संकलन शुरु गरेको छ ।

बैंकले गत बर्षको साउनदेखिनै मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर संचालन गरेको थियो । बैंकले अहिले नापी कार्यालयमा सेवा बिस्तार गरेको छ । नापी कार्यालयका प्रमुख चुन्न प्रसाद ज्ञवाली र ग्लोवल आइएमई बैंक तम्घासका शाखा प्रवन्धक योगेन्द्र रायमाझीबिच एक्सटेन्सन काउन्टर संचालन गर्न सम्झौता गरिएको छ ।

त्यस्तै बैंकले गत बर्षबाटै जिल्ला प्रशासन कार्यालय गुल्मीमा पनि एक्सटेन्सन काउन्टर संचालन गरेर सेवा प्रबाह गरिरहेको छ । जसका कारण राहादानी लगायतका राजश्व संकलन गर्न सेवाग्राहीहरुलाई सहज भएको छ ।

ग्लोवल आइएमई बैंक गुल्मीका तम्घासहित मजुवा, वामी र गौडाकोटमा शाखा रहेको छ । त्यो बाहेक २१ वटा शाखारहित बैकिंङ सेवा मार्फत जिल्लाका नागरिकलाई सहज रुपमा बित्तिय कारोवार गरिरहेको ग्लोवल आइएमई बैंक तम्घासका शाखा प्रबन्धक योगेन्द्र रायमाझीले जानकारी दिए । त्यो बाहेक शिक्षा, स्वास्थ्य, बाढि, पहिरो र कोभिड जस्ता महामारीमा बिशेष सामाजिक सेवा गर्दै आएको रायमाझीले बताए ।

उनका अनुसार सवै क्षेत्र र वर्गका नागरिकलाई बित्तिय कारोबारको पहुँच पुराउन बैंकले ७६ जिल्लामा दुई सय ८० शाखा, दुई सय ५० एटिएम, दुई सय ५७ शाखारहित बैकिंक सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र तीन वटा बैदेशिक प्रतिनिधी कार्यालय समेत गरेर ८ सय ३७ सेवाकेन्द्र मार्फत २३ लाख बढि ग्राहकलाई सेवा दिएको छ ।

SHARE