
भदौ ३१, २०७८
गुल्मी : धुर्कोट घरभई लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मि भरत केसीले आफनो जन्मदिनको अबसरमा रक्तदान कार्यक्रम आयोजना गरि १सय १ प्वाईट रगत जम्मा गरेका छन ।
गुल्मी जिल्लाका अलवा बिभिन्न ठाउबाट बुटबलमा उपचार गर्नआउनेका लागी रगत अभामा उपचार समस्या हुने भएकोले आफुले जन्म दिनको अबरमा यो रक्तदान कार्यक्रम आयोजना गरेर रगत संकलन गरेको वताए ।
उनले भने मेरोघर धुर्कोटकी एकजना बहिनिलाई थुप्रै पिन्ट रगत चढाएर उपचार गराउदा गराउदै मृत्यु भयो । यो घटनाले अझै धेरै रक्तदान गर्ने प्रेणा मलाइ मिलेको ले मैले यसरी सबैलाई आग्रह गरेर रक्तदान गरेको बताए ।
रक्तदान कार्यक्रममा बिभिन्न ब्यक्तीहरुले शुभकामना मन्तव्य राखेका थिए सुभकामना मन्त्व्य राख्नेमा नव शान्ति युवा क्लब अध्यक्ष भरत पुरी,होटल रेस्टुरेन्ट व्यवसायी संघका महासचिब माधब कुमार खनाल समाज सेवी नरिश्वर पौडेल र नेपाल स्वयंसेवि रक्तदाता समाज रुपन्देही अध्यक्ष कृष्ण चौहान क्षेत्री मन्त्ब्य राख्दै रक्तदान भनेको अर्कोका जीबन बचाउने महान कार्यहो यस्ताकार्यले रगत अभामा उपचारमा समस्या नहुने र बिरामीको ज्यान जोगीने भएकाले यस्ता कार्यमा लाग्न सबैलाई आग्रह गरे ।

उक्त रक्तदान कार्यक्रममा सहभागी भै रगत दान गर्ने रक्तदातालाई भरत केसीले बिषेश धन्यवाद दिएका थिए भने कार्यक्रमको संञ्चालन केशब खनालले गरेका थिए ।
गुल्मी जिल्लाका विभिन्न गाउँठाउँ देखि थप उपचार अर्थात गुल्मी देखि रिफर गरिएका बिरामीहरु बुटवलमा आउने बढ्दो क्रम जारी छ ।थुप्रै किसिमका रोगहरुको उपचार गर्न बुटवलमा आउने हुनाले कतिपय रोगहरुको उपचार गर्दा रगत आवश्यकता रहने हुनाले बिरामिका आफन्त हरु जो जान्ने बुझ्नेले त सहजै रगत ब्यबस्थापन गर्न सक्ने र कतिपय मानिहरु रगतकै अभावमा छट्पटीरहने समस्या पनि छ । समग्रमा भन्नुपर्दा यहि भाद्र ३१ गते मेरो जन्मदिन परेको हुनाले यहि अबशरमा मैले म जन्मेको मेरो प्यारो जन्मभुमी धुर्कोट गाउँपालिका को नाममा रक्तदान कार्यक्रम गरेर मनाउने निर्णय गरेको हु।
यस्तै उनले भने, स्वास्थ क्षेत्र कै पनि परे त्यसैले रक्तदान क्षेत्रमा रक्तदान सङ्गै जनचेतना मूलक कार्यक्रम गरेर म जस्ता हजारौं युवाहरु समाबेश आबद्ध गराएर रगत अभाव भएर भौंतारिएका बिरामीका परिवार तथा आफन्तलाई थाहा भएसम्म रगतको व्यवस्था गरिदिने लक्ष्य लिएको छु । सबैभन्दा ठूलो कुरा भनेको धर्म हो । म मरेर गए पनि मेरो रक्तदानले जीवन पाएकाहरूले सम्झनेछन् त्यसैले सेवा नै धर्म हो सत्य देखाउनु नै मेरो कर्म हो ।








