अबैध रुपमा पनाहा खोलाबाट बालुवा ओसार्ने ट्याक्टर प्रहरीको नियन्णमा

0
293

भदौ३१,२०७८गुल्मीः गुल्मीमा अबैध रुपमा खोलाबाट बालुवा निकाली डम्पिङ गरी राख्ने र ओसार प्रसार गर्ने ट्याक्टरलाई प्रहरीले नियन्णमा लिएको छ ।
जिल्लाको मदाने गाउँपालिका वडा नम्वर ७ भनभनेको पनाहा खोलाबाट अबैध रुपमा बालुवा ओसार्दै गरेको लु ३ त ६८९६ नम्वरको ट्याक्टरलाई प्रहरीले नियन्णमा लिएको छ ।
नियन्णमा लिएको ट्याक्टरलाई एक हजार ५०० रुपियाँ जरिवाना काटेर छाडिएको इलाका प्रहरी कार्यालय पुर्कोटका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए ।
यस्तै पनाहा खोलामा करिव ५० ट्याक्टर जति बालुवा डम्पिङ गरी राखिएको पाइएकाले त्यहाँको बालुवा ओसार पसार गर्नका लागि पनि बन्देज लगाइएको रायमाझीले बताए ।
यता त्यस खोलाको बालुवामा क्वालिटी नभएकाले टेन्डर पनि गर्न छाडिएको मदाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर पछाइँले बताए ।
टेन्डर नगरिए पनि असार देखी भदौ महिना सम्म खोलाबाट बालुवा निकाल्न नपाइने भएकाले उसलाई थप कानुनी कारवाही गरेरै छाड्ने उनले दाबी गरे ।
डम्पिङ गरेर राखेको बालुवालाई लिलाम बिक्री गर्ने तर्फ जाने पनि गाउँपालिकाले जनाएको छ ।
यस्तै स्थानीयहरुले ब्यक्तिगत प्रयोजनका लागि त्यस खोलाको बालुवा ल्याउनु परे प्रति ट्याक्टरको वडाबाट ५०० रुपियाँको राजस्व काटी प्रयोग गर्न सकिने पछाइँले बताए ।

SHARE