अनेरास्ववियू (क्रान्तिकारी) रुरुक्षेत्रद्धारा स्वास्थ्य सामग्री वितरण

0
296

भदौ३०,२०७८गुल्मीः नेकपा माओवादी केन्द्रनिकट विद्यार्थीहरुको संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) रुरुक्षेत्र गाउँकमिटीले स्वास्थ्य सामग्री वितरण गरेको छ ।
मंगलबार गाउँपालिकाभित्रका पाँच विद्यालयमा माक्स, सेनिटाइजर, अक्सिमिटर लगायतका स्वास्थ्य सामग्री प्रदान गरेको अनेरास्ववियू (क्रान्तिकारी) रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष विशाल थापाले जानकारी दिए । रानीवासमा रहेको जनबोध नमुना मावि, बलेटक्सारमा रहेको ज्ञवा मावि, रिमुवामा रहेको जनज्योती मावि, थानापतिमा रहेको राष्ट्रिय मावि र रिडीमा रहेको रिडी माविलाई स्वास्थ्य सामग्री वितरण गरिएको अध्यक्ष थापाले जानकारी दिए ।
अनेरास्ववियू (क्रान्तिकारी) गुल्मीका पूर्व अध्यक्ष एवम् माओवादी केन्द्र रुरुक्षेत्रका इन्चार्ज यदु ज्ञवालीको पहलमा आएका स्वास्थ्य सामग्री विद्यार्थी संगठनले वितरण गरेको हो । प्रत्येक विद्यालयमा चार÷चार सय थान माक्स, पाँच÷पाँच लिटर सेनिटाइजर, एक÷एक सेट अक्सिमिटर र थर्मोमिटर प्रदान गरिएको संगठनका जिल्ला सचिवालय सदस्य एवम् निर्वाचन क्षेत्र नम्बर १ का संयोजक किसन पाण्डेले जानकारी दिए ।
संगठनले भदौ २६ मा थापाको नेतृत्वमा नयाँ कमिटी गठन गरेको थियो ।

SHARE