गुल्मीमा जिप दुर्घटना ४ जना घाइते

0
121

भदौ २९,२०७८ गुल्मी : गुल्मीमा मंगलबार साँझ जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ६ बेलटारीमा कुर्घादेखि भुवाचिँदी जाँदै गरेको लु १ ज ३४१३ नम्वरको जिप दुर्घटना भएको हो ।
दुर्घटना वडा नम्वर ६ का जिप चालक २७ बर्षका सुजन बिक, बर्ष २३ की जपना भर्टुवाल, बर्ष १७ का प्रदीप भर्टुवाल र २५ बर्षकी जमुना बिक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
उनीहरुको शरीरका विभिन्न ठाउँहरुमा चोट पटक लागेकाले उपचारका लागि पाल्पाको मिसन अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको पाण्डेले बताए ।

SHARE