कुटपिटबाट घाइते भएका पुलामको उपचारको क्रममा मृत्यु

0
222
जिल्ला प्रहरी कार्यालय गुल्मी । तस्बिर : तिलाचन पाण्डे

भदौ२८,२०७८गुल्मीःगुल्मीमा कुटपिटबाट घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
जिल्लाको चन्द्रकोट गाउँपालिका ७ का ४८ बर्षीय शिबबहादुर पुलामलाई भदौ २४ गते स्थानीय २७ बर्षीय हिमबहादुर पुलामी र २१बर्षीय हिमाल राहादीले कुटपिट गरि घाइते बनाएका थिए । पुलामकोे उपचारको क्रममा शुभसारथी क्लिनिक प्राली मजुवामा सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिट गरी फरार रहेका हिमबहादुर र हिमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिमबहादुर र हिमालले मदिरा सेवन गरी कुटपिट गरेको प्रारम्भिक अनुसन्धान बाट खुलेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

SHARE