गुल्मी अस्पतालमा बीमाका फर्जी बिरामी रेफर गर्न दबाव

0
395

तिलाचन पाण्डे
भदौ२८,२०७८गुल्मीःगुल्मीमा स्वास्थ्य बीमा गराएका ब्याक्तिहरुले अस्पतालमा स्वंय बिरामीहरु नआई फर्जी रेफर गर्न दवाब दिने गरेको गुल्मी अस्पतालले जनाएको छ ।
अस्पतालमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई दवाव दिइ फर्जी रुपमा रेफर गराउन बाध्य बनाउने प्रबृत्ति देखा परेकोले अनावश्यक दबाव नदिन अस्पतालले एक सूचना जारी गरेको छ ।
यदि अनावश्यक रुपमा दबाव दिए बीमा नविकरण नहुने , बीमा सुबिधा नमिल्ने र प्रचालित कानून बमोजिम कारवाही गर्ने गुल्मी अस्पतालले चेतावनी दिएको छ ।
बिरामीहरुको उपस्थितिमा अबस्था हेरेर मात्र रेफर गर्ने वा नगर्ने भन्ने बारेको निर्णय स्वास्थ्यकर्मीमा रहने समेत अस्पतालले जनाएको छ ।
गुल्मीमा २०७६ साल माघ २१ गतेदेखि स्वास्थ्य बीमा लागु भएको थियो ।

जिल्लामा हालसम्म ६५ हजार ४७० जनाले स्वास्थ्य बीमा गराएको स्वास्थ्य बीमा बोर्ड गुल्मीका प्रमुख डिकेन्द्रबहादुर बिष्टले जानकारी दिए ।
जसमा ३१ हजार ३४५ जना पुरुष र ३४ हजार १२५ जना महिला रहेका छन् । जिल्लाका १२ वटै स्थानीय तहका प्रत्येक वडाहरुमा दर्ता सहयोगी मार्फत स्वास्थ्य बीमा गर्ने कार्य जारी रहेको बिष्टले बताए ।

SHARE