दाङको बबई नदीमा डुबेर१९ बर्षीय युवकको मृत्यु

0
419

भदौ २७,२०७८दाङ :बबई नदीमा डुबेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका–८ पिपरी का १९ वर्षीय आशिष चौधरी छन्।

वन रक्षकको परीक्षाका लागि पौडी खेल्ने अभ्यास गर्दा बबई नदीमा डुबेर चौधरीको आइतबार मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिए।

उनी दंगीशरण गाउँपालिका–३ स्थित बबई नदीमा पौडीको अभ्यास गर्न गएका थिए।

SHARE