एमसिसिका विरुद्धमा गुल्मीमा प्रदर्शन

0
235

हुमाकान्त पोखरेल
गुल्मी, २७ भदौ : गुल्मीमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसि) का बिरुद्धमा प्रदर्शन गरिएको छ ।
विप्लप नेतृत्वको नेकपा माओवादी केन्द्रले आइतबार सदरमुकाम तम्घासमा प्रदर्शन गरेको हो । ‘राष्ट्रघाती एमसिसि सम्झौता खारेज गर’, ‘दलाल सरकार होसियार’, हाम्रो भूमी फिर्ता गर’ जस्ता नारा लगाउँदै सदरमुकाममा विरोध प्रदर्शन गरेको नेकपाले जनाएको छ ।
तम्घासको मिलनचोकबाट सुरु भएको विरोध ¥याली जिल्ला प्रशासन अगाडी लाकुरीमञ्चमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभालाई दलित मुक्ती मोर्चाका जिल्ला अध्यक्ष बसन्त गैरे र नेकपाका नेता तारा पोख्रेलले सम्बोधन गरेका थिए ।
सम्बोधन गर्दै गैरेले चौतर्फि विरोध भइरहेको एमसिसिलाई सरकार र केही नेताले कमिशनको लागि अगाडी बढाउन खोजेको आरोप लगाए । एमसिसि राष्ट्रको लागि घातक सावित भइसकेको बताउँदै उनले यसको विरुद्धमा सबै नेपाली एकजुट हुनुपर्ने धारणा राखे ।

SHARE