गुल्मीमा भौतिक उपस्थितिमै धमाधम खुले बिद्यालय

0
385
फाइल फोटो

भदौ२७,२०७८ गुल्मीःगुल्मीमा भौतिक उपस्थितिमै धमाधम बिद्यालयहरु खुल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीले बिद्याालय संचालन गर्ने अधिकार स्थानीय तहलाई दिएपछि भौतिक उपस्थितीमै धमाधम बिद्यालयहरु खुल्न थालेका हुन् ।
कालीगण्डकी गाउँपालिकाले भदौ १३ गतेबाट भौतिक उपस्थितीमै बिद्यालयहरु संचालन गरेको शिक्षा शाखाका प्रमुख अग्निधर पराजुलीले जानकारी दिए । बिद्यार्थी संख्या धेरै भएका बिद्यालयहरुमा समूह बिभाजन गरेर स्वास्थ्यका मापदण्डरु पालना गर्दै संचालनमा ल्याएको पराजुलीले बताए ।
यस्तै सत्यवती गाउँपालिकाले गत आइतबार बाटै बिद्यालयहरु संचालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिश्वर रेग्मीले जानकारी दिए । गाउँपालिकाको कार्यपालिकाको बैठककले बिद्यालय संचालन गर्ने निर्णय गरेअनुसार नै बिद्यालय संचालनमा ल्याइएको रेग्मीको दाबी छ ।
धुर्कोट गाउँपालिका पनि जोखिमको अबस्थालाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्डलाई पालन गरी भदौको पहिलो हप्ताबाटै बिद्यालयहरु संचालन गरेको गाउँपालिकाले जनाएको छ ।
यस्तै चन्द्रकोट ,इश्मा गाउँपालिका , मुसिकोट र रेसुङगा नगरपालिका २७ गते आइतबारबाट बिद्यालयहरु संचालन गरेको प्रमुख प्रशासकीय अधिकृतहरुले जानकारी दिएका छन् । गुल्मीदरवार गाउँपालिकाले भने २८ गते सोमबारबाट बिद्यालय संचालन गर्ने जनाएको छ ।
गुल्मी जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले स्थानीय तहलाई संक्रमणको अबस्था हेरेर बिद्यालय संचालन गर्ने वा नगर्ने भन्ने बारेमा अधिकार दिदाँ नै उत्तम हुने भएकाले यस्तो निर्णय गरिएको दाबी गरिन् ।
जिल्लामा ५११ सामुदायिक र ५४ संस्थागत गरी ५६५ बिद्यालयहरुमा ६९ हजार ८१८ बिद्यार्थी संख्या रहेको शिक्षा तथा समन्वय इकाई गुल्मीले जनाएको छ ।
जिल्लामा कोरोनाका संक्रिय संक्रमित ३२४ जना रहेका छन् भने संक्रमणका कारण ९६ जनाको ज्यान गइसकेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

SHARE