दाङ झ¥योजुम्लाको स्याउ :भारतीय भन्दा जुम्ली स्याउ सस्तो र मिठो

0
398

दिवाकर पोख्रेल
देउखुरी, भदौ २७ गते :पछिल्लो केहि बर्ष देखि अशौज महिना लाग्दै दाङ झर्ने स्याउ यस बर्ष भदौ महिनामै आइपुगेको छ । जुम्ला देखि आउने स्याउ दाङमा माग बढी भएका छिट्टै नै स्याऊ दाङ ल्याइएको ब्यापारीहरु बताउँछन । पहिे जुम्लाबाटै स्याउ बिक्री गर्न आउने गेको भएपनि यसपाली दाङकै स्थानीय व्यपारीहरुले जुम्ला पुगेरै स्याउ ल्याउन थालेका छन् । दाङको लमही नगपालिका ५ लमहीका व्यापारी नारायण बन्जाडेले केहि दिन देखि बर्षा नभएर मौसम खुला भएका कारण स्याउ बिक्री किनबेच शुरु भइसकेको बताउनुभयो ।
जुम्लाका व्यापारीको सहयोगमा यस बर्ष हामीहरुले पनि तराईका केहि जिल्ला पहाडी जिल्लामा समेत जुम्ली स्याऊ बिक्री गर्न थालेका छौ,उहाँले भन्नुभयो । भारतीय स्याउको तुलनामा जुम्ली स्याउ रसिलो हुने गरेको उपभोक्ताहरु बताउँछन । राप्ती गाउँपालिका ५ सिसहनियाँका लिला चौधरीले भारतीय स्याउको तुलनामा जुम्ली स्याउ सस्तो र मिठो हुने बताउनुभयो ।
अहिले दाङ आसपासमा भारतबाट आएको स्याउको खुद्रा मुल्य एकसय ८० देखि दुई सय रुपियाँ सम्म प्रति केजीमा कारोबार भइहेको छ । जुम्ली स्याउ प्रति केजी एकसय रुपियाँ देखि एक सय २० रुपियाँ सम्म पर्दछ । भारतीय स्याउ देख्दा आकर्षक भएपनि जुम्लाको जस्तो रसिलो नहुने जुम्लादेखि आएका ब्यापारीहरुको दाबी छ ।
जुम्ला देखि स्याउ बिक्री कै लागि दाङ आउनुका भएका स्याउ ब्यापारी भिम रोकायले पहिलेको तुलनामा अहिले स्याउको ब्ययपार खस्केको बताउनुभयो । उहाँले भन्नुभयो, पहिले जस्तो छैन, कोभिडले गर्दा मानिसको आम्दानीको श्रोत रोकिएको छ, आम्दानी नहुँदा स्याउ किन्ने ग्राहक पनि घटेका छन ।
यातायातका साधनमा सहजता आउन थालेपछि स्याउ किन्न जुम्लामै पुग्ने ब्यापारीहरु अहिले कम जान थालेको उहाँको भनाइ छ । दुवानी भाडा बढेका कारण पनि आम्दानी कम हुने भएकाले ब्यापारीहरु स्याउ खरिदको लागि कम जाने गरेका हुन । भदौ अीनतम साताबाट बिक्री शुरु भएको स्याउ कार्तिक महिना सम्म दाङबाट बिक्री हुने गर्दछ ।

SHARE