गुल्मीमा तीन बर्षकी बालिका मृत फेला

0
58

भदौ२७,२०७८गुल्मीः गुल्मीमा शनिवार बिहान ११ बजे हजुरआमा संगै पंचमी पुजामा गई हराएकी तीन बर्षकी बालिका मृत फेला परेकी छिन् ।
जिल्लाको मदाने गाउँपालिका वडा नम्वर २ बाँझकटेरीकी ३ बर्षकी आयुषा पोखरेल घरदेखी करिब ५०० मिटर नजिकैको झाँडीमा मृत अबस्थामा आइतबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।
घटना स्थलमा अहिले प्रहरी निरीक्षक सहितको टोली पुगेको र घटनाको अबस्था हेर्दा जंगली जनावरले चिथोरेको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

SHARE