दुधको बजारीकरणमा सघाउन दाङका किसानको आग्रह

0
501
मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम लुम्बिनी प्रदेशबाट चिस्यान केन्द्रको लागि समाग्री हस्तान्तरण गर्दै प्रदेश साँसद दामा शर्मा । तस्बिरः दिवाकर पोख्रेल

दिवाकर पोख्रेल
देउखुरी, भदौ २६ गते । दाङको राजपुर गाउँपालिकाको दुधले दाङमा माग हुने दुधको मागलाई धान्न सक्ने क्षमता राख्छ । दुध उत्पादनको हिसावले राजपुर गाउँपालिका अग्र स्थानमा भएपनि किसानले दुधको बजार नपाउँदा न्युन मुल्यमा बिक्री गर्नु परेको गुनासो गर्न थालेका छन् ।
जहाँ दुध उत्पादन हुन्छ । त्यहाँ ठूलो बजार छैन । राजपुरमा उत्पादन भएको दुध दाङको लमही, भालुवाङ,घोराही र तुलसीपुर क्षेत्रमा पुग्छ । तरपनि किसानले न्युन मुल्यमा दुध विक्री गर्नु परेकोे गुनासो छ । राजपुर गाउँपालिका वडा नम्बर ५ चङगुवाका रामगोपाल यादवले दैनिक आठ देखि १० लिटर सम्म दुध विक्री गर्न सक्नुहुन्छ तर बेलुकाको दुध बिक्री हुन सक्दैन । विहान पनि ३० देखी ४० रुपियाँ प्रति लिटरको दरले बिक्री गर्छु, बेलुकाको दुध बिक्री हुँदैन,उहाँले भन्नुभयो ।
राजपुर गाउँपालिकालाई लुम्बिनी प्रदेश सरकारले भैंसी श्रोतकेन्द्रको रुपमा घोषणा गरेको छ । सरकारबाट दुग्ध उत्पादन बढाउने गरी विभिन्न कार्यक्रमहरु पनि लागु भएका छन् । अहिले दुध उत्पादन बढेपनि बिक्री गर्न समस्या हुन थालेको छ । राजपुर गाउँपालिका वडा नम्बर ५ जङ्ह्रवाका चेतराम यादवले बजारीकरणमा सघाउने कार्यक्रम ल्याउन सरकारलाई आग्रह गर्नुभयो । हामी दुध उत्पादन गर्न र दुध बढाउनको लागि करिव करिव सक्षम भएका छौ, अब बजारीकरणको लागि पनि सरकारले सघाउनुपर्छ, उहाँले भन्नुभयो ।
राजपुर गाउँपालिका दुधको श्रोत नै हो तरपनि गाउँपालिकामा कति दुध उत्पादन हुन्छ भन्ने एकिन तथ्याङ छैन । स्थानिय अगुवा कृषकहरुका अनुसार पालिकामा दैनिक तीनहजार लिटर भन्द्या बढी दुध उत्पादन भइरहेको दावि गर्छन । पछिल्लो समय दुध उत्पादन बढाउनको लागि उन्नतजातका गाइ भैंसी पाल्न थालेका कारण उत्पादन बढ्ने किसानहरु बताउँछन । स्थानीय सरकारले पालिकालाई दुग्ध उत्पादनको हिसावले पकेट क्षेत्रको रुपमा लिएर विस्तारै बजारीकरणमा सघाउने कार्यक्रम ल्याउने योजना रहेको बताउँछ ।

राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीले दुग्धजन्य पदार्थको उपभोग बढाउने र बजार विस्तार गर्नको आवश्यक रहेको उहाँले बताउनुभयो । मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमबाट दुध संकलन गर्ने चिस्यान केन्द्र स्थापना गर्न मेसिन हस्तान्तरण गरिएको छ । लुम्बिनी प्रदेशकी साँसद दामा शर्माले प्रदेश सरकारबाट किसान मैत्री कार्यक्रम ल्याउन जानकारी दिदै दुधको बजारीकरणमा समेत प्रदेश सरकारले ध्यान दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । भैंसी श्रोतकेन्द्र घोषणा गरेर दुधको उत्पादन बढाउने काम भएको छ, अब बजारको समस्या हुन थाल्यो भन्ने आएको छ,यसमा पनि प्रदेश सरकारले सघाउँछ ,उहाँले भन्नुभयो । साँसद शर्माले दुध संकलन गर्ने चिस्यान केन्द्र स्थापनाको लागि चिलीङ भ्याट, एनेलाइजर मेसिन स्थानीय दुग्ध उत्पादक सहकारी संस्थालाई हस्तान्तरण गर्नुभएको छ ।
मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम लुम्बिनी प्रदेशबाट चिस्यान केन्द्रको लागि समाग्री हस्तान्तरण गर्दै प्रदेश साँसद दामा शर्मा । तस्बिरः दिवाकर पोख्रेल

SHARE