
भदौ२६,२०७८झापा:इलामको जिल्ला समन्वय समितिका सदस्य चन्द्र मगरको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
झापाको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचाररत मगरको शनिबार बिहान साढे ४ बजे निधन भएको इलाम जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले जानकारी दिए।
एक साताअघि कोभिड–१९ को लक्षण देखिएपछि उनलाई मेची अस्पतालमा भर्ना गरिएको थियो।











