
भदौ २५,२०७८
कृष्ण अन्जान,
गुल्मी : नेपाली काँग्रेसको क्षेत्रिय, जिल्ला तथा केन्द्रीय अधिवेशन नजिकिँदै गर्दा यतिबेला काँग्रेस वृतमा चहलपहल देखिएको छ ।
पार्टीले वडा अधिवेशन सम्पन्न गरेको छ र अब क्षेत्रिय जिल्ला अधिवेशनको तयारी सँगै क्षेत्रिय समिति महाधिवेशन प्रतिनिधि र जिल्ला कार्य समितिको अधिवेशनको मेसो शुरु हुँदा काँग्रेस नेता कार्यकर्ता गाउँघर तिर देखिएका छन ।
गुल्मी जिल्लाका पुराना नेता रवि ज्ञवाली गुल्मी जिल्लाबाट महाधिवेशन प्रतिनिधिका लागि भोट माग्दै रुरुक्षेत्र गाउँपालिकामा पुग्नु भएको छ र यो क्षेत्रबाट चुनिएका क्षेत्रिय प्रतिनिधिहरुसँग नेपाली काँग्रेसका भावि एजेन्डा बारे छलफल गर्दै महाधिवेशन प्रतिनिधिका लागि भोट माग्नु भएको छ ।
लोकतन्त्र र प्रजातन्त्रका लागि लडेको काँग्रेस कसैको बैशाखि समातेर हिँड्नु गलत भएको काँग्रेस नेता रवि ज्ञवालीले कार्यकर्ता माझ राख्नु भयो ।
कम्युनिष्ट अधिनायकवादिु सँग घाँटि जोडेर होईन नेपाली काँग्रेस एक्लै हरेक निर्वाचनमा लड्न सक्षम भएको बताउनु हुँदै माओवादी या अन्यदल सँगको गठबन्धनमा असन्तुष्टि व्यक्त गर्नु भयो ।

वहाँ सँगै रहनु भएका नेपाली काँग्रेसका नेता तथा गुल्मी क्षेत्र १ का क्षेत्रिय सभापतिका दावेदार मुक्ति कँडेलले राष्ट्रिय राजनीतिमा काँग्रेस एकमात्र मुलुक सहि दिशामा हाँक्न सक्ने पार्टी भएको ले नै हरेक अप्ठ्यारोमा सरकारको जिम्मेवारी काँग्रेस ले सम्हालेको बताउनु भयो ।
यो पटक पनि दुई तिहाईको कम्युनिष्ट सरकार चलाउन नसकेर काँग्रेसको काँधमा सरकार चलाउने जिम्मेवारी आएको वहाँको तर्क थियो ।
हामी लोकत्नत्र र प्रजातन्त्रमा विश्वास राख्ने पार्टी भएकाले पार्टी भित्र पनि लोकतान्त्रिक अभ्यास हुने बताउँदै अधिवेशनमा आफु क्षेत्रिय सभापतिमा उठ्ने सोँच बनाएकाले गाउँघरमा कार्यकर्ता सँग भेटघाटमा आएको बताउनु भयो ।
विहिवार रुरुक्षेत्र ४ को बलेटक्सारका काँग्रेस पदाधिकारी क्षेत्रिय प्रतिनिधिहरुसँग भेटघाट गरेका वहाँ हरुले शुक्रवार रुरु ३ को थानपति रुरु १ को रिडी च्यूरेक भट्कुवा लगाएतका क्षेत्रका काँग्रेस कार्यकर्ता नेता सँग भेटघाटको कार्यक्रम रहेको क्षेत्र न १ का क्षेत्रिय सभापतिका उम्मेदवार मुक्ति कँडेलले जानकारी दिनु भयो ।








