गुल्मीदरबारमा ३ जनाको कोरोना परीक्षण गर्दा ३ नै जनामा संक्रमण पुष्टि

0
125

भदौ २४,२०७८गुल्मी : गुल्मीदरबार गाउँपालिकाको वडा नम्बर ७ मा ३ जनाको एन्टिजेन परीक्षण गर्दा ३ नै जनामा संक्रमण पुष्टि भएको छ ।
गाउँमा अझै पनि कोरोनाको जोखिम कायमै रहेकाले साबधान रहन गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले सामाजिक संजाल फेसबुक मार्फत आग्रह गरेका छन् ।
यो संगै गाउँपालिकामा ५ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको अर्यालले बताए ।
गुल्मी जिल्लामा सक्रिय संक्रमितको संख्या ३२४ जना रहेको छ भने संक्रमणका कारण जिल्लामा ९६ जनाको ज्यान गइसकेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

SHARE