भदौ२४,२०७८गुल्मीः धुर्कोट गाउँपालिका वडा नम्बर ६ मा रहेको टेलीकमको टावरबाट ब्याट्री चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
धुर्कोट गाउँपालिका वडा नम्वर ६ मा रहेको पुरानो टेलीकमको टावरबाट ४०० भोल्टको ४८ थान ब्याट्री चोरी गर्ने भारतको लखनउ घर भई बुटवल उपमहानगरपालिका ११ मा कोठाभाडा गरी बस्ने ३१ बर्षका सचेन्द्रकुमार गौतमलाई रुपन्देहीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
गौतमले उक्त ब्याट्रीहरुलाई भारतमा लैजाने गरी चोरी गरेको भन्ने गोप्य सूचनाको आधारमा कोठाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोम पाण्डेले जानकारी दिए ।
गौतमलाई नियन्त्रणमा लिई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
दुरसंचार कार्यालय तम्घास गुल्मीले भदौ १० गते ब्याट्री चोरी गर्नेलाई पहिचान तथा खोजतलास गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको थियो ।