बर्दियामा ६१ क्विन्टल अवैध केराउ सहित कुमार पक्राउ

0
304

भदौ२३,२०७८बर्दियाः बर्दियामा अवैध रुपमा भारत निकासी हुँदै गरेको ६१ क्विन्टल केराउ प्रहरीले बरामद गरेको छ । मधुबन नगरपालिका वडा नं। ५ गाउँ नं। ११ बडगाँउ स्थित भारत तर्फ अबै रुपमा निकासी हुन लागेको ६१ क्विन्टल ३० किलोग्राम केराउ हिजो प्रहरीले बरामद गरेको हो ।

भारत तर्फ निकासी गर्ने उद्देश्यले भे।१ त।९६५५ नं।को ट्याक्टरमा लोड गरिएको ३९ क्विन्टल ३० किलोग्राम र अन्य थप थुपारि राखिएको २२ क्विन्टल गरि ६१ क्विन्टल३० किलोग्राम केराउ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए।

केराउसहित ट्याक्टर चालक मधुबन नगरपालिका वडा नं।७ बस्ने वर्ष २० का राम कुमार चौधरीलाई पनि पक्राउ गरिएको उहाँले बताउनुभयो । उक्त केराउ करिब ४ लाख ३० हजार ५०० रुपैयाँको रहेको प्रहरी नायव उपरीक्षक शाहीले बताए ।

SHARE