गुल्मी प्रहरीका सफलतै सफलता, प्रहरीप्रति जनताको बिश्वास

0
317
जिल्ला प्रहरी कार्यालय गुल्मी । तस्बिर : तिलाचन पाण्डे

अनिल खत्री
भदौ२३,२०७८गुल्मीः गुल्मीमा पछिल्लो समय प्रहरी प्रति जनविश्वासमा अभिवृद्धि हुन थालेको छ । घटित अपराधका सबै अभियुक्त पक्राउ भई कानूनी कारबाहीको दायरामा आएपछि विश्वास बढ्न लागेको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीलाई बितेको पछिल्लो ६ महिना यता घटेका घटनाहरुमा अपराधी पत्ता लगाउन सफल भएपछि सफलता मिलेको छ । जिल्लामा पछिल्लो समय यता घटेका केहि अपराधका घटनाहरुमा प्रहरीले अपराधी पक्राउ गर्न सफल भएपछि सफलता मिलेको हो ।
गतवर्षको फागुन महिनादेखि भदौ महिनाको तेस्रो सातासम्मको जिल्ला प्रहरी कार्यालय गुल्मीबाट भएगरेका कामहरुको समिक्षा गरिएको हो । यो अबधीमा जिल्ला प्रहरी कार्यालय गुल्मीले महत्वपूर्ण उपलब्धी हासिल गरेको जनाएको छ ।
प्रहरीहरुमा दण्ड र पुरस्कारको जनशक्तिको माध्यमबाट मनोबल उच्च राख्ने प्रयास, २ निलम्बन सहित ५ जना कार्वाही, ३७ जना पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पछिल्लो ६ महिनामा १०६ वटा दर्ता भएको जसमा गुल्मीमा ५९ जना हराएकामध्ये ४९ जना फेला पारेको, १० जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ ।
यस्तै भाडगाँउ हत्याकाण्ड, इस्मा, गुल्मी दरवार हत्याकाण्डको सफल अनुसन्धानमा गर्नु ठूलो महत्वपूर्ण रहेको प्रहरीले जनाएको छ । जिल्लामा बिभिन्न मुद्दामा ५४ जनालाई पक्राउ गरी कानूनी कारबाही परेको प्रहरीले जनाएको छ ।
पक्राउन परि कानूनी कारबाहीमा पर्नेहरुमा ५ जना महिला र ४९ जना पुरुष रहेका छन् । जसमध्ये सवारी ज्यानमा ५ जना, कर्तव्यज्यानमा १ जना, अभद्र व्यवहार गर्न नहुने कसूरमा १ जना महिला र ११ जना पुरुष पक्राउ गरि कानुनी कारवाही गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै बहुबिवाहमा २ जना महिला र २ जना पुरुष, चोरीमा ३ जना, जवरजस्ती करणीमा ११ जना पुरुष, जवरजस्ती करणी उद्योगमा ३ जना जना पक्राउ गरि कानुनी कारवाही गरिएको प्रहरीले जनाएको छ । त्यस्तै ज्यान मार्ने उद्योगमा २ जना, आत्महत्या दुरुत्सहनामा १ जना, आगोलागी सम्बन्धि कसूरमा ३ जना, पशुपक्षी सम्बन्धि कसूरमा १ जना महिला र ७ जना पुरुष, अप्राकृतिक मैथुनमा १ जना पक्राउ गरि कानुनी कारवाही गरिएको प्रहरीले जनाएको छ
जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य र सन्तोषजनक लागू औषध, गुण्डागर्दि, मानव बेचबिखन, संगठित अपराध, अबैध हातहतियार, राजनैतिक द्वन्द लगायतका समस्याहरु न्यून वा सुन्य अवस्थामा रहेको तथ्याङ्कमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले बितेका पछिल्लो ६ महिना यताको समिक्षा गर्दै घटित अपराधहरुमा क्रमशः आत्महत्या, सार्वजनिक अपराध, यौनजन्य हिंसा र सवारी दुर्घटना सबै भन्दा अधिक रहेको जनाएको छ ।
प्रहरी प्रतिको जनबिश्वासमा अभिबृद्धि गर्दै घटित अपराधका सबै अभियुक्तहरु पक्राउ भई कानूनी कारबाहीको दायरामा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक ९एसपी० गोपालचन्द्र भट्टराईले बताए । ट्राफिक चेकजाँचमा कडाइ, ५० लाख राजश्व असुली, प्राकृतिक प्रकोपहरुमा जनधनको नोक्सानीमा न्यूनिकरण, आगलागि नियन्त्रणमा प्रहरीको सकृय भूमिका, बाढी पहिरोमा उद्धार र स्थानान्तरणमा बिशेष भूमिका रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय गुल्मीले व्यवस्थापन तर्फ पनि प्रगती भएको जनाएको छ । जसको लागि प्रदेश सरकार सँगको समन्वयमा २ वटा पिक अप भ्यान र ५ वटा मोटरसाइकल प्राप्त भएको जनाएको छ ।
जसले गर्दा जिल्लामा कुनैपनि स्थानमा घट्ने घटनाहरुमा छिटो छरितो पुग्न सजिलो हुने गरेको प्रहरी उपरिक्षक ९एसपी० भट्टराईले बताए । त्यस्तै दुईवटा क स्तरका इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको आपूर्ति भई सुरक्षा तर्फ थप शक्ति बढेको जनाएको छ ।
प्रहरी चौकी श्रिङ्गाको उद्घाटन तथा जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय, शान्तिपुरको भवन निर्माण कार्य अन्तिम चरणमा रहेको उल्लेख गरेको छ । नयाँ प्रहरी भवन निर्माण तथा थप निर्माणका लागि भएका पहलहरु सकरात्मक रहेको प्रहरी जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक ९डिएसपी०पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।
जिल्ला प्रहरी कार्यालय गुल्मीमा घरेलु हिंसा सम्बन्धि ३२ वटा निवेदनहरु मध्ये २३ वटा निवेदनहरु मिलापत्र भएको, ३ वटा अदालत पाठाइएको । जसमध्ये ६ वटा निवेदनहरु बाँकी रहेको प्रहरीले जनाएको छ ।
कोभिडको उच्च जोखिम भएका क्षेत्रहरुबाट आएका १ हजार ७०५ जना व्यक्तिहरुलाई स्थानीय निकायहरुको समन्वयमा सम्बन्धित गन्तव्य सम्म सुरक्षित पुग्ने वातावरण निर्माण गरेको ९डिएसपी० पाण्डेले बताए ।जिल्ला प्रहरी कार्यालय गुल्मीले आफ्नै भवन नभएका प्रहरी ईकाईको भवन निर्माणको लागि पहल गर्ने भएको छ । त्यस्तै सिसिटिभी थप जडानलाई थप प्रभावकारी बनाउने, आफ्नै जग्गा नभएका प्रहरी ईकाईको लागि जग्गा उपलब्ध गराउनको लागि पहल भएको छ ।
मादक पदार्थ सेवन न्यूनिकरणको सहकार्य मूलक कार्याक्रमहरु बिद्यालय तथा क्याम्पस सम्पर्क कार्यक्रमलाई नियमित गराउँदै लैजाने भएको छ । यस्तै लागूऔषध बिरुद्ध जनचेतनामुलक कार्यक्रमहरु गर्ने जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

SHARE