
भदौ२१,२०७८प्युठानःगएरातिको अबिरल बर्षाले जिल्लाको विभिन्न स्थानमा क्षती पुर्याएको छ। पहिरोले ग्रामिण सडकहरु बिगारेको छ भने नौबहिनी गाउँपालिका(१, स्याउलीवाङमा ३ वटा घर भत्किएका छन्।
स्याउलीवाङको सरीमाका दुई र खलिगाउँका एक गरि तीन वटा घर पहिरोले भत्किएको वडाअध्यक्ष शेर बहादुर सेनले जानकारी दिए । सेनका अनुसार गएराती घरमाथिबाट आएको पहिरोले स्थानिय हुमललाल सुनार, इन्द्र बहादुर सुनार र धन बहादुर वुढाको घर भत्किएको हो। घरमा पुरीएर प्रेम सुनार घाईते भएका छन । सुनारको स्थानीय मेडिकलमा उपचार भइरहेको सेनले जानकारी दिए ।
जिल्लाको नौबहिनी गाउँपालिका(६, बल्लेखोलामा सोमवार बिहान वेवारीसे सव भेटिएको छ । प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार वेवारीसे सबको सनाखत भएको छैन । लुङखोलामा आएको बाढिले तटबन्ध भत्काउदा सिर्सेनी गाउँ जोखिममा परेको छ।

