
भदौ २१,२०७८ रोल्पा:रोल्पाको धबाङमा आज राती परेको अबिरल बर्षाका कारणले पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । पहिरो पुरिएर १ वालक र १ बृद्ध महिलाको निधन भएको छ ।
३ दिनदेखि परेको अविरल वर्षाको कारणले राती १ बजे पहिरो गएको र सो पहिरोले घर पुरिदा ५ वर्षिय बालिका र ७० वर्षिय गौरी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरिक्षक नरेशराज सुवेदीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय रोल्पाको टोली लगायत स्थानीयबासी उद्धार गरिरहेको बताउनुभयो । मुख्यमन्त्री कुलप्रसाद केसीले आफूलाई जानकारीमा आएको त्यसलाई उद्धार तथा राहतका लागि जिल्ला प्रशासन रोल्पा र जिल्ला प्रहरी कार्यालय रोल्पालाई निर्देशन गरि सकिएको बताउनुभयो ।

