आईएमई लाईफ गुल्मी शाखाद्वारा मृत्युु दावी रकम भुक्तानी

0
1174

मधुसुधन पाण्डे, गुल्मी भाद्र २० ।आईएमई लाईफ ईन्स्योरेन्स कम्पनी गुल्मी शाखाद्वारा मृत्यु दावि रकम हस्तान्तरण गरिएको छ।जिल्लाको गुल्मीदरवार गाउँपालिका वडा न ७ देउरालीका राम बहादुर खत्रीको मोटरसाइकल दुर्घटनामा परि २०७७ चैत २७ गते निधन भएको थियो।

मृत्यु दाबी रकम स्व. राम बहादुर खत्रीकी श्रीमती बिष्णु कुमारी खत्रीलाई प्रदान गरिएको हो । आईएमई लाईफ ईन्स्योरेन्सका क्षेत्रीय शाखा प्रमुख खुमलाल अर्यालले ३ वटा चेकबाट रु १८,३४,६०० खत्रीलाई प्रदान गर्नुभएको हो । ३ वटा चेक मध्ये २ वटा चेकको रकम खत्रीले गत वर्ष गरेको ४ लाखको बीमा बराबरको रु ८,३४,६००. र रु १०, ००,०००. लाखको चेक तत्कालीन समयमा राम बहादुर खत्री आईएमई लाईफ ईन्स्योरेन्स को एजेन्सी मेनेजर भएको कारणले दुर्घटना बीमा बापतको रकम प्राप्त गर्नुभएको हो।

हस्तान्तरण कार्यक्रममा क्षेत्रीय शाखा प्रमुख खुमलाल अर्याल एजेन्सी मेनेजर,कर्मचारी तथा पत्रकारको उपस्थिति रहेको गुल्मी शाखामा कार्यरत कर्मचारी नवीन पाण्डेले जानकारी दिनुभयो।

SHARE