गुल्मीमा बिद्यालय संचालन गर्ने अधिकार स्थानीय तहलाई

0
824
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

भदौ२०,२०७८गुल्मीः गुल्मीमा बिद्यालय संचालन गर्ने अधिकार स्थानीय तहलाई नै दिने तयारी गरिएको छ ।
गुल्मी जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले सम्बन्धित स्थानीय तहलाई नै जोखीमको अबस्था हेरेरै बिद्यालय संचालन गर्ने या नगर्ने भन्ने अधिकार दिन लागिएको बताएकी छिन् ।
स्थानीय तहलाई संक्रमणको अबस्था हेरेर बिद्यालय संचालन गर्ने वा नगर्ने भन्ने बारेमा अधिकारी दिदाँ नै उत्तम हुने देखिएकाले यस्तो निर्णय गर्न लागिएको शर्माले दाबी गरिन् ।
आइतबार दिउँसो २ बजे बस्ने जिल्ला कोभिड १९ ब्यबस्थापन समितिको बैठकले स्थानीय तहलाई नै बिद्यालय संचालनको अधिकार दिन लागिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
जिल्लामा ५११ सामुदायिक र ५४ संस्थागत गरी ५६५ बिद्यालयहरुमा ६९ हजार ८१८ बिद्यार्थी संख्या रहेको शिक्षा तथा समन्वय इकाई गुल्मीले जनाएको छ ।
जिल्लामा कोरोनाका संक्रिय संक्रमित २८० जना रहेका छन् भने संक्रमणका कारण ९६ जनाको ज्यान गइसकेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

SHARE