स्थापना दिवसको अबसरमा बिरामीलाई फलफूल र स्वास्थ्य सामग्री प्रदान

0
61

भदौ१९,२०७८गुल्मीः नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखाले गुल्मी अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफुल र स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
रेडक्रसको ५९ औ स्थापना दिबसको अबसरमा गुल्मी अस्पतालमा उपचाररत १५ जना बिरामीहरुलाई फलफूल र स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको गुल्मी शाखाका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
रेडक्रस संस्था परोपकारी संस्था भएकाले स्थापना दिबसको अबसरमा बिरामीहरुलाई सानो भएपनि परोपकार गरौँ भन्ने उद्येश्यले फलफूल र स्वास्थ्य सामग्री प्रदान गरिएको श्रेष्ठले बताए ।
गुल्मी अस्पतालमा उपचाररत १५ जना बिरामीहरुलाई फलफूल ,मास्क र स्यानीटाइजर रेडक्रसद्धारा वितरण भएको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए ।
रेडक्रसले स्थापना दिबसको अबसरमा परोपकारी काम गरेकोमा डाक्टर पच्याले रेडक्रसलाई धन्यबाद दिए ।

SHARE