कालीगण्डकी करिडोरमा ठूलो पहिरो,सडक अबरुद्ध

0
289

भदौ१९,२०७८गुल्मीः कालीगण्डकी करिडोर पहिरोका कारण अबरुद्ध भएको छ ।
कालीगण्डकी करिडोर अन्र्तगतको हर्मिचौर अर्बेनी सडक खण्डको गर्गरे भीरमा माथिबाट ठुलो पहिरो खसेकाले सडक अबरुद्ध भएको छ ।
सडक अबरुद्ध हुँदा बुटवल देखी कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाट सम्म जाने सवारीहरु र पुर्तिघाट देखी बुटवल सम्म जाने सवारीहरु चल्न सकेका छैनन् ।
शुक्रबार रातीबाट अबरुद्ध भएको पहिरो पन्छाउनका लागि शनिबार बिहानबाट डोजर लगाइएको कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष तारा थापाले जानकारी दिइन् । पहिरो निकै ठूलो भएकाले पहिरो पन्छाउन समय लाग्ने थापाले बताइन् ।
बर्षा नभए शनिबार साँझसम्म सडक खुलाउन सकिने थापाले बताइन् । नेपाली सेनाको सहयोगमा अहिले पहिरो पन्छाउने कार्य भइरहेको छ ।

SHARE