कर्मचारी युनियन गुल्मीद्धारा कैदीबन्दीलाई खाना पकाउने सामान सहयोग

0
482

भदौ १९ ,२०७८गुल्मीः नेपाल निजामती कर्मचारी युनियन जिल्ला शाखा गुल्मीले जिल्ला कारागारका कैदीबन्दीको लागि खाना पकाउने सामग्री उपलब्ध गराएको छ ।
नेपाल निजामती कर्मचारी युनियनको ३१ औं स्थापना दिवसको अवसर पारेर गुल्मी शाखाले खाना पकाउने सामग्री (ढक्कन )सहितको ठूलो डेक्ची दुई थान उपलब्ध गराएको युनियनका जिल्ला शाखा अध्यक्ष मेघलाल पाण्डेले जानकारी दिए ।

युनियनका पुर्व केन्द्रीय उपाध्यक्ष एवम् आधिकारिक ट्रेड युनियनका संस्थापक अध्यक्ष जयश्वर पन्थीको प्रमुख आतिथ्यता उक्त सामग्री जिल्ला कारागारका निमित्त कार्यालय प्रमुख ढालेन्द्र पुनलाई हस्तान्तरण गरिएको थियो । सामग्री हस्तान्तरण गर्दै प्रमुख अतिथि पन्थीले युनियनमा आबद्ध सम्पुर्ण कर्मचारीहरु जनताको सेवामा सधै कटिबद्ध र निष्पक्ष भएर लाग्न आग्रह गरे । मुस्कान सहितको सेवा सहित आफ्नो पेशागत हकहितको लागि संगठन विस्तार गर्न आग्रह गरे । उनले युनियनमा आवद्ध सम्पुर्ण कर्मचारीहरुलाई सुशासन कायम गरि अगाडी बढ्न आग्रह गरे ।

दिनानुदिन कोभिड(१९ को संक्रमण बढ्दै गएकोले विगतमा जस्तो भव्य कार्यक्रम नगरिएको युनियनका अध्यक्ष पाण्डेले बताए । उनले विगतका वर्षहरुमा युनियनको स्थापना दिवसको अवसरमा जिल्लाभरिका युनियनमा आबद्ध सबै निजामती कर्मचारी साथीहरूलाई सहभागी गरेर भव्य कार्यक्रमको आयोजना गरिदै आएको उल्लेख गरे । युनियन जिल्ला शाखाले शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, बाढी(पहिरो पीडित लगायतलाई सहयोग गर्दै आएको बताइएको छ ।

कार्यक्रममा आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष खिमबहादुर अधिकारी, नेपाल कर्मचारी युनियनका रेसुङ्गा नगरपालिका अध्यक्ष बालुराम खनाल लगायतका युनियनमा आबद्ध कर्मचारीको उल्लेखनीय सहभागीता रहेको थियो । सामग्री हस्तान्तरण कार्यक्रमको संचालन युनियनका जिल्ला कोषाध्यक्ष सन्जिव पन्थीले गरेका हुन् ।

SHARE