अर्घाखाँचीमा हाइस दुर्घटना : ढिकुराका संजय बिकको मृत्यु

0
399

भदौ१९,२०७८ अर्घाखाँचीः अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–३ ठाडामा मिनीबस दुर्घटना हुँदा एकजनाको मृत्यु र आठजना घाइते भएका छन्। काठमाडौंबाट सन्धिखर्क जाँदै गरेको बा ३ ख ८६३९ नम्बरको मिनीबस शनिबार बिहान दुर्घटना भएको हो।

दुर्घटनामा भूमिकास्थान–९ ढिकुराका सञ्जय विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अम्मर थापाले जानकारी दिए। घाइतेमध्ये दुईको अवस्था गम्भीर छ। घाइते छजनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको इलाका प्रहरी कार्यलय ठाडाका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलयका प्रमुख थापाको भनाइ छ।

SHARE