
दाङ :बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचारत लमही नगरपालिका–९ की २४ वर्षीया महिलाको मृत्यु भएको छ।
उनको शनिबार बिहान साढे ४ बजेतिर मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्णबहादुर वलीले जानकारी दिए। ती महिला भदौ १० गतेदेखि अस्पतालमा आइसियुमा उपचाररत थिइन्। उनलाई निमोनिया, श्वासप्रश्वास र कोरोना संक्रमण भएको अस्पतालले जनाएको छ।








